Author: Bizness Khabar
काठमाडौं, १९ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले यही साउन २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले…
काठमडाौं, १९ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ९६ हजार ५०० रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला २ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १८ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर दुई हजार ८५८ दशमलव ९ बिन्दुमा कायम भएको हो । आज ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको थियो । आज १६ धितोपत्रको शेयर मूल्य बढ्दा २२३ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् । आइतबार सबै समूहको उपसूचक घटेको छ…
काठमाडौं, १८ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भएको सुन आज २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १८ साउन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुने छ ।…
काठमाडौं, १६ साउन । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । तसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद…
काठमाडौं, १६ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितेला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज आज २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १५ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूच ३१ दशमलव ५० अङ्कले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९२२ दशमलव ६३ को बिन्दुमा बन्द भएको छ । बुधबार ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९५४ दशमलव १४ को बिन्दुमा कायम थियो । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १…
काठमाडौं, १५ साउन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय सार्वजनिक गरेका हुन् । बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको छ । रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरेको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै…
काठमाडौं, १५ साउन । नेपालले अगामी वर्ष इङ्ग्ल्याण्डमा आयोजना हुने टि ट्वान्टी महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार विश्वकपको ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने बताएको हो । यो छनोट प्रतियोगितामा १० राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्, जसबाट ४ टोलीहरूले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन् । बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण स्वतः छनोटमा परेका छन् । थाइल्याण्ड र नेपालले एशियाली क्षेत्रीय छनोटमार्फत प्रतियोगितामा स्थान बनाएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । बाँकी पाँच स्थानहरू…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886