Author: Bizness Khabar

काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार (आज) बिहान बाँडफाँट भएको छ । होटल क्रिष्टल, गौशाला, काठमाडौँमा कम्पनीको आईपीओ बाँडफाँट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले र ५ जनाले…

Read More

काठमाडौं, १ असार । गत मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्इ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा ४२ सय रुपैयाँले बढेर १ लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा…

Read More

काठमाडौं, ३० जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम…

Read More

काठमाडौं, ३० जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा…

Read More

काठमाडौं, ३० जेठ । मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं, ३० जेठ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउनका लागि सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा बिहीबार काठमाडौंमा भएको छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आम जनतालाई लक्षित गरी नयाँ नयाँ बीमालेख ल्याउन निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन, बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स…

Read More

काठमाडौं, २९ जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६५५ दशमलव ३८ बिन्दुमा कायम भएको हो । आज २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । आज ९९ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार १३ समूहको उपसूचकमध्ये ९…

Read More

काठमाडौं, २९ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठ (भोलि)देखि रातिको समयमा बन्द हुने भएको छ । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सो अवधिमा राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने सूचनामा उल्लेख छ । सूचनाअनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ…

Read More

काठमाडौं, २९ जेठ । अमेरिकी प्रविधि उद्यमी इलन मस्कले सोमबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए । दुई जना नजिकको स्रोतका अनुसार मस्कले ट्रम्पसँग संक्षिप्त संवाद गरेपछि बुधबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आफूले ट्रम्पविरुद्ध गरेका पोस्टहरूको लागि पछुतो भएको बताएका हुन् । यसअघि शुक्रबार मस्क र उपराष्ट्रपति जेडी भान्स तथा श्वेत भवनकी प्रमुख सुसि वाइल्सबीच पनि फोनवार्ता भएको थियो । त्यही कुराकानीमा तीनै जनाबीच मस्क र ट्रम्पबीचको चर्किएको सम्बन्धबारे छलफल भएको सीएनएनले जनाएको छ । यस संवादपछि मस्कले ट्रम्पविरुद्ध गरेका कडा आलोचनात्मक पोस्टहरू हटाएका छन् । हटाइएका पोस्टमध्ये एउटा पोस्टमा मस्कले ट्रम्पलाई जेफ्री एप्स्टिनसँग जोडेर कटाक्ष गरेका…

Read More

काठमाडौं, २९ जेठ । पछिल्ला वर्षहरूमा गण्डकी प्रदेशमा कृषि भुभागको क्षेत्रफल निरन्तर घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ मा चालू आर्थिक वर्ष २०८१/८२ पुस मसान्तमा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीेले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव २ दशमलव २२ प्रतिशतले घटेको छ । अध्ययनअनुसार गण्डकी प्रदेशमा कृषि बालीेले ढाकेको क्षेत्रफल ४ लाख २७ हजार ९६ हेक्टर मात्रै रहेको छ । यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९ दशमलव ४० प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ४ दशमलव ५६ प्रतिशत तरकारी, ४ दशमलव ०८…

Read More