Author: Bizness Khabar
काठमाडौं, २९ जेठ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चादी आज २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, २९ जेठ । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन, वित्तीय विवरण, बीमा शिक्षा र सेवा प्रवाह लगायतका विषयमा बीमकका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग छलफल गरी राय सुभावहरू प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बीमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बीमा कम्पनीका…
काठमाडौं, २८ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ बिन्दुमा कायम भएको हो । आज २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन १० अर्ब १६ करोड ९ लाख रुपैयाँको कारोबार भएको थियो । आज ७७ धितोपत्रको शेयर मूल्य बढ्दा १७० को घटेको छ । यस्तै एक धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०७ धितोपत्र कारोबारमा आएका छन् । बुधबार १३ समूहको उपसूचकमध्ये…
काठमाडौं, २८ जेठ । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको छ । पछिल्लो एक वर्षमा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा प्रवाह २० दशमलव ६१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा ७३ अर्ब ३४ करोड ८० रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा २० दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा ६० अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।…
काठमाडौं, २८ जेठ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै २६ जेठमाबसेका मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत…
काठमाडौं, २८ जेठ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा मार्जिन प्रकृतिको ३५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा वैशाखसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ३९ दशमलव ३ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । चालू आवको दश महिनामा…
काठमाडौं, २८ जेठ । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को दश महिनामा हायर पर्चेज कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा वैशाखसम्म आइपुग्दा बढेर १ खर्ब २९ अर्ब १७ करोड पुगेको छ । २०८२ को वैशाख मसान्तसम्म व्यावसायिक प्रयोजनमा…
काठमाडौं, २८ जेठ । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को दश महिनामा यस्तो कर्जा ३१ प्रतिशतले खुम्चिएको हो । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत वैशाखसम्ममा ४४ दशमलव ८८ प्रतिशत अर्थात् ३० अर्ब ९७ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत वैशाखसम्म आइपुग्दा घटेर ८७ अर्ब ५३ करोड रुपैयाँमा सिमित भएको छ । २०८१/८२ को वैशाखसम्म बजारमा कायम ब्याज अनुदान…
काठमाडौं, २८जेठ । नेपाली बजारमा तीत दिन यता लागातार घटिरहेको सुनको मूल्य आज भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको…
काठमाडौं, २८ जेठ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोलामा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले ललितपुरस्थित “Baked & Served” मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित "View Three Hundred Sixty Degree Resort” र ललितपुरस्थित “Paradise Hills” मा बैंकका…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886