Author: Bizness Khabar
काठमाडौं, २१ असोज । केही दिनयता सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आज तोडिएको हो । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ, चाँदीको मुल्य…
काठमाडौं, १२ असोज । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५१ अङ्कले बढेर दुई हजार ६६३ दशमलव ५१ बिन्दुमा कायम भएको हो । आज ७५ लाख ११ हजार १९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । आज १७० धितोपत्रको शेयर मूल्य बढ्दा ६९ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् । आइतबार १३…
काठमाडौं, १२ असोज । आईतबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी ७० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बुधबार सुन प्रतितोला २ लाख २३ हजारमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आज तोडिएको हो । त्यस्तै अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार…
काठमाडौं, १२ असोज । सागर डिष्टिलरी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न गरिएको हो । कम्पनीले भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक गरेको थियो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर पर्छ । यस निष्काशनमा २२ लाख २७ हजार ५०३ जनाले करिब २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । तीमध्ये २१ लाख ९३ हजार ८२३ जनाको आवेदन मान्य भएको छ भने बाँकी आवेदन रद्द…
काठमाडौं, १० असोज । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यो महत्वपूर्ण हो । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ । अन्तरराष्ट्रिय प्रतिस्पद्र्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी…
काठमाडौं, १० असोज । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । शर्माले आज (असोज १० गते) अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका छन् । शपथ ग्रहण पश्चात् उनले तत्क्षणै आफ्नो पदबहाली सुरु गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं, १० असोज । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले वालेटमा जम्मा गर्ने रकमको सीमा संख्या बढाएको हो । हालसम्म इसेवा, खल्ती, माइपेलगायत वालेटमा एक दिनमा १० पटकसम्म मात्र जम्मा गर्न पाइन्छ । दशैं, तिहार र छठ पर्वको अवसरमा यो सुविधा बढाइएको हो । दशैंको शुभ अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ देखि १० गतेसम्म ४० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ । यो…
काठमाडौं, १० असोज । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ९ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६५२ बिन्दुमा कायम भएको हो । आज ७९ लाख ५३ हजार ७४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १३९ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार १३ समूहको उपसूचकमध्ये…
काठमाडौं, ९ असोज । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा सार्वजनिक ऋणको दायित्व ६९ अर्ब ३२ करोड रुपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आवको सुरुमा तिर्न पर्ने बाँकी ऋण २६ खर्ब ९४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत भदौ मसान्तसम्ममा बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड अर्थात् ४६ दशमलव ७२ तथा बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ अर्थात् ५३ दशमलव २८ प्रतिशत रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४४ दशमलव ९२…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886