Author: Bizness Khabar

काठमाडौं, ७ साउन । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन । यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान एवम् अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ । चालु आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश…

Read More

काठमाडौं, ७ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले अन्नपूर्ण न्यूरो अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरु हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरुमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले छुट पाउनेछन् । नशा रोगसम्बन्धी…

Read More

काठमाडौं, ७ साउन । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्ल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ६ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ हजार बिन्दु नजिक पुगेको छ । आज नेप्से परिसूचक ८१ दशमलव ७७ अङ्कले बढेर दुई हजार ९७४ दशमलव ५ बिन्दुमा कायम भएको हो । आज ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २३६ धितोपत्रको शेयर मूल्य बढ्दा १४ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार सबै समूहको उपसूचक बढेको छ ।…

Read More

काठमाडौं, ६ साउन । नबिल बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो, जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका…

Read More

काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा १७ अर्बबढिको सुन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार गत असार मसान्तसम्ममा १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँ बराबरको १३ लाख ८९ हजार ५१६ ग्राम सुन भित्रिएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा परिणामका आधारमा ५१ दशमलव ३७ प्रतिशतले कमी हो । २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको २६ लाख ५१ हजार ८६४ ग्राम सुन आयात भएको थियो । सरकारले गत आवमा सुनबाट १ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आव २०८२/८३ को बजेटमार्फत् सरकारले सुनमा विलासितामा…

Read More

काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा साढे ३५ रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि असारसम्ममा नेपालमा ३५ अर्ब ५४ करोड ७३ लाख बराबरको स्मार्टफोन भित्रिएको हो । मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा पनि निरन्तर बढेको देखिन्छ । गत आवमा २१ लाख ८४ हजार ६९४ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ६ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ । सो अवधिमा नेपालबाट भने एउटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको १ लाख ७० हजार रुपैयाँ रहेको छ ।

Read More

काठमाडौं, ६ साउन । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ आजदेखि खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय…

Read More

काठमाडौं, ५ साउन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ७६ अङ्कले बढेर दुई हजार ८९२ दशमलव ७२ बिन्दुमा कायम भएको हो । आज ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १५३ धितोपत्रको शेयर मूल्य बढ्दा ९६ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने फाइनान्स…

Read More

काठमाडौं, ५ साउन । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिब ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएका छन् । कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिव रू. १५ अर्ब.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ । योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम…

Read More