Author: Bizness Khabar

काठमाडौं, ५ साउन । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर बोलकबोल प्रणालीमार्फत बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत असार १ देखि २४ गतेशम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा पर्याप्त आवेदन नपरेपछि बाँकी शेयर अब बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो । कम्पनीका अनुसार यो शेयर खरिदका लागि इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरूले साउन १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोलमा भाग लिन चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण बाँकी कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ…

Read More

काठमाडौं, ५ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । हिजो आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको मूल्यमै आज पनि कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ४ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ बिन्दुमा कायम भएको हो । आज ५ करोड १६ लाख ८३ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । आज १०५ धितोपत्रको शेयर मूल्य बढ्दा १४४ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् । आइतबार अन्य ३ दशमलव ३६, निर्जीवन बीमा १…

Read More

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्री भएको १ वर्षसम्म पनि ओली भारत भ्रमणमा गएका छैनन् । ।

Read More

काठमाडौं, ४ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ मा आज (आइतबार) पहिलोपटक नेपाल राष्ट्र बैंकले तरलता खिच्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले आज ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी…

Read More

काठमाडौं, २ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, २ साउन । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गरेको छ । यस सँगै ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो । यस उपलब्धिले ज्योति विकास बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटि, मानव संशाधन , डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, अपरेशन तथा…

Read More

काठमाडौं, १ साउन । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका हुन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ । यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।…

Read More

काठमाडौं, १ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा रु. २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यस अघि आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा धेरै रकम (रु.१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो । यसैगरीवर्ष २०८१ को…

Read More