Author: Bizness Khabar

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०८२/८३ को पहिलो तथा साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ बिन्दुमा कायम भएको हो । आज ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो । आज २४० धितोपत्रको शेयर मूल्य बढ्दा ९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।…

Read More

काठमाडौं, १ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको छ । सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने व्यवस्था गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला २ हजार २६० रुपैयाँमा…

Read More

काठमाडौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएको छ । आवसँगै सरकारको नयाँ बजेट पनि कार्यान्वयनमा गएको छ । जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयन हुन लागेको हो । यो आव २०८१/८२ को बजेट आकारको तुलनामा ५ दशमलव ६ प्रतिशतले बढी रहेको छ । चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ । राजस्व, वैदेशिक सहायता, वैदेशिक र आन्तरिक ऋणबाट स्रोत जुटाएर बजेट कार्यान्वयन गर्ने तयारी अर्थ मन्त्रालयले…

Read More

काठमाडौं, ३२ असार । आर्थिक वर्ष २०८१/८२ को आज अन्तिम कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज ३४ दशमलव ६१ अङ्कले बढेको नेप्से परिसूचक २८ सय बिन्दुको नजिक पुगेको हो । हिजो मंगलबार दुई हजार ७६० दशमलव १७ बिन्दुमा रोकिएको नेप्से आज दुई हजार ७९४ दशमलव ७८ बिन्दुमा कायम भएको छ । आज ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १९३ धितोपत्रको शेयर मूल्य बढ्दा…

Read More

काठमाडौं, ३२ असार । यही असार २३ र ३० गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सरकारले गरेका २९ निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय गरेको छ । नेपाली…

Read More

काठमाडौं, ३२ असार । आर्थिक वर्ष (आव) २०८१/८२ आजबाट सकिएको छ । यो आवमा सरकारले बजेटको ठूलो हिस्सा तलब, भत्ता लगायत चालु खर्चमै खर्च गरेको देखिन्छ । वर्षभर सुस्त गतिमा चलेको बजेट खर्च अन्तिम महिनामा आएर तीव्र भयो । असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्दै वर्षभरको समग्र खर्च सन्तुलनमा ल्याउने प्रयास गरेको देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८१/८२ का लागि विनियोजित १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटमध्ये सरकारले १५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ४९ प्रतिशत खर्च गरेको छ । तीमध्ये विकास खर्चतर्फ विनियोजित ३ खर्ब…

Read More

काठमाडौं, ३२ असार । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको आजदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्रमा आवेदन खुलेको छ । बैंकले अंकित मूल्य १ हजारका दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत ब्याजदर पाउने छन् । यो ऋणपत्र ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी…

Read More

काठमाडौं, ३२ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यले पनि घटेको छ । मंगलबार प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ३२ असार । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक शेयर (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण शयरधनीको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत शेयर जारी गर्नैपर्ने व्यवस्था छ । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ,…

Read More

काठमाडौं, ३१ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ बिन्दुमा कायम भएको हो । आज २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २०९ धितोपत्रको शेयर मूल्य बढ्दा ३९ को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने म्युचुअल…

Read More