Author: Bizness Khabar

काठमाडौं, ३१ असार । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको आजदेखि हकप्रद शेयर खुलेको छ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । जसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो । तसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।…

Read More

काठमाडौं, ३१ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बन भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । बीमा ऐन २०७९ को दफा १२(३) अनुसार छानबिन समिति गठन भएपछि छानबिन प्रक्रिया पूरा नहुँदासम्म अध्यक्ष वा सदस्य स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । सोही आधारमा ओझा निलम्बनमा परेका हुन् । मन्त्रिपरिषद्ले ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति बनाउने निर्णय गरेको हो । छानबिन समिति अध्यक्ष गिरीको संयोजकत्वमा अन्य दुई सदस्यसहित गठन गरिएको छ ।

Read More

काठमाडौं, ३० असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ बिन्दुमा कायम भएको हो । आज २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५० धितोपत्रको शेयर मूल्य बढ्दा १९८ को घटेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् । सोमबार हाइड्रोपावर शून्य दशमलव १५ प्रतिशत बाहेक सबै समूहको उपसूचक घटेको…

Read More

काठमाडौं, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् त्यस्तै नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको शीतल निपासले जनाएको छ ।

Read More

काठमाडौं, ३० असार । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, २९ असार । मौद्रिक नीति सार्वजनिकपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८ बिन्दुमा कायम भएको हो । आज ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो । आज १५८ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । आइतबार बैंकिङ समूहको उपसूचक सर्वाधिक ३ दशमलव…

Read More

काठमाडौं, २९ असार । चालू अर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न झण्डै ३ खर्ब रुपैयाँ छुट्याएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा २ खर्ब ९५ अर्ब ९३ छुट्याएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ३१ अर्ब ७६ करोड रुपैयाँ छुट्याएका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको ११ महिनामा मात्रै बैंक तथा वित्त संस्थाले लोन…

Read More

काठमाडौं, २९ असार । चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा करिब ५ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ४ दशमलव ९६ प्रतिशत घटेकोे हो । गत जेठसम्ममा बैंकहरूको खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ५६ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । आवको जेठसम्ममा धेरै खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ४० करोड…

Read More

काठमाडौं, २९ असार । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले अंकित मूल्य १ हजारका दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ दशमलव २५ प्रतिशत ब्याजदर पाउने छन् । यो ऋणपत्र ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५०…

Read More

काठमाडौं, २९ असार । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More