Author: Bizness Khabar
काठमाडौं, २५ असार । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा मार्जिन प्रकृतिको ३८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा जेठसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ८२ दशमलव ८१ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । चालू आवको ११ महिनामा…
काठमाडौं, २५ असार । हाल देशभर सक्रिय भइरहेको मनसुनले देशभरका विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको बुधबार ८ बजेसम्मका जानकारीअनुसार वर्षाका कारण १० वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ४ वटा एकतर्फी सञ्चालनमा आएको छ । प्रहरीका अनुसार वर्षासँगै आएको बाढी र पहिरोले मधेश बाहेक सबै प्रदेशमा राजमार्गहरू अबरुद्ध भएका छन् । कोशी प्रदेशमा संखुवासभा र पाँचथर जिल्लाका भोटे खोलामा आएको बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै पाँचथरको हेवाखोलामा बाढी जाँदा मेची…
काठमाडौं, २५ असार । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को ११ महिनामा यस्तो कर्जा करिब ३३ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत जेठसम्ममा ३० दशमलव ८९ प्रतिशत अर्थात् ४१ अर्ब ७२ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत जेठसम्म आइपुग्दा घटेर ८५ अर्ब ९ करोड रुपैयाँमा सिमित भएको छ । २०८१/८२ को जेठसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो…
काठमाडौं, २५ असार । नेपाल बिमा प्राधिकरणले आर्थिक वर्ष (आव) २०८२/८३ को वार्षिक बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आवको वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । अध्यक्ष ओझाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै सोही नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जूमा गरी कार्यान्वयन गर्ने बताए । बीमा क्षेत्रलाई प्रक्षेपित रूपमा अगाडि बढाउन वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दैै अध्यक्ष ओझाले आगामी आर्थिक वर्षमा प्राधिकरण कसरी, कुन दिशामा अगाडि बढ्छ र…
काठमाडौं, २५ असार । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुनेछ ।
काठमाडौं, २४ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तरिक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिएका हुन् । अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिनुहुँदै ऐन, नियम र निर्देशिका विपरित गएमा…
काठमाडौं, २४ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्उ दशमलव १४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८३ दशमलव ८६ को विन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन सोमबार परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर २ हजार ६८४ को बिन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । यस दिन १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक किनबेच भएको छ । मंगलबार ३०४ धितोपत्र कारोबारमा आए,…
काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को जेठसम्ममा शोधनान्तर स्थिति करिब ५ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार जेठसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको जेठसम्ममा चालु खाता ३ खर्ब ७ अर्ब ३१…
काठमाडौं, २४ असार । देशमा कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव ९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२ दशमलव २ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये…
काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष २०८१/८२ को जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ४५ प्रतिशत बिन्दुले कम हो । गत आवको सोही जेठमा यस्तो मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ३१ प्रतिशत बिन्दुले घटेको छ । गत आवको जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ८५ प्रतिशत रहेकोमा यस वर्षको जेठमा शून्य दशमलव ५४ प्रतिशतमा झरेको छ । त्यसतै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९४ प्रतिशत रहेको छ । गत…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886