Author: Bizness Khabar

काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । यस वर्षको जेठसम्ममा भित्रिएको रेमिट्यान्स गत आवको जेठसम्मको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तो रेमिट्यान्स आवको सोही अवधिमा १७ दशमलव २ प्रतिशत ले बढेको थियो । चालू आवको जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । गत आवको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । ११ महिनामा अवधिमा अमेरिकी डलरमा…

Read More

काठमाडौं, २४ असार । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणको लागि खुलेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका…

Read More

काठमाडौं, २३ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ बिन्दुमा कायम भएको हो । आज १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३९ धितोपत्रको शेयर मूल्य बढ्दा २०९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये दुई उपसूचक बढेको छ भने बाँकी ११ ओटा उपसूचकको…

Read More

काठमाडौं, २३ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानी समयमा नै हुनुपर्छ भन्नेमा प्राधिकरण सजग रहेको र सयममा नै उचित दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आइतबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले समयमा दाबी भुक्तानी नगर्ने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारवाही गरिने बताए । अध्यक्ष ओझाले भने, “बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्ने गरेका छन्, हाल निर्जीवन बीमा कम्पनीहरूले कूल ४२ अर्ब दाबीमध्ये ३० अर्ब भुक्तानी गरिसकेका छन्, दाबी भुक्तानीमा ढिलाई हुनुको मुख्य…

Read More

काठमाडौं, २३ असार । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो । कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी जनाइएको छ ।

Read More

काठमाडौं, २२ असार । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने र प्रदेश बीमा नीति ल्याउने जानकारी दिए । मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा राहत वितरणलाई भन्दा नागरिकलाई बीमाको दायरामा ल्याउन न्यून आय भएकाको बीमा गर्न र घर बीमालाई अगाडि बढाउन प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । बीमा कम्पनीहरूले समयमा नै बीमा दाबी भुक्तानी नगरेसम्म बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै मुख्यमन्त्री…

Read More

काठमाडौं, २२ असार । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ६ दशमलव ३६ को बिन्दुमा बन्द भएको छ । गत हप्ता बिहीबार ९ दशमलव १४ अङ्कले बढेको नेप्से परिसूचक २७०३ को बिन्दुमा कायम थियो । आज कारोबार रकम भने घटेको छ । कारोबारको अघिल्लो दिन बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक किनबेच भएको छ…

Read More

काठमाडौं, २२ असार । माबिलुङ्ग इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि…

Read More

काठमाडौं, २२ असार । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कुल शेयरमध्ये ६५ प्रतिशत हिस्सा बझाङ…

Read More

काठमाडौं, २२ असार । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ १ गते हुने छ ।

Read More