Author: Bizness Khabar

काठमाडौं, २० असार । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजारका दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ दशमलव २५ प्रतिशत ब्याजदर पाउने छन् । यो ऋणपत्र ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार…

Read More

काठमाडौं, २० असार । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज…

Read More

काठमाडौं, १९ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ । योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन…

Read More

काठमाडौं, १९ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १४ अङ्कले बढेर दुई हजार ७०३ दशमलव ९६ बिन्दुमा कायम भएको हो । आज २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा  ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो । आज १२२ धितोपत्रको शेयर मूल्य बढ्दा १२५ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ दशमलव ०९…

Read More

काठमाडौं, १९ असार । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १९ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सहज हुने गरी सूचना प्रविधिको प्रयोग बढाउन र सहीरूपमा तथ्याङ्क व्यवस्थापन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बिहीबार ललितपुरमा बीमकहरूसँग आयोजित बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले लागत बढेपनि बीमा उद्योगको विकासका लागि सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भएको बताए । अध्यक्ष ओझाले भने, “बीमा सम्बन्धी कस्ता कस्ता तथ्याङ्क आवश्यक छन्, कस्ता छैनन्, कस्ता दीर्घकालसम्म आवश्यक पर्छन् भन्ने स्क्रिनिङ गर्नुपर्छ, सोही अनुसार तथ्याङ्क भण्डारण गर्नुपर्छ, दीर्घकालसम्म आवश्यक पर्ने तथ्याङ्क भण्डारण गर्ने क्षमता…

Read More

काठमाडौं, १८ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६९४ दशमलव ८२ बिन्दुमा कायम भएको हो । आज ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १८२ धितोपत्रको शेयर मूल्य बढ्दा ६५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् । बुधबार १३ समूहको…

Read More

काठमाडौं, १८ असार । विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र ३ लाख ५४ हजार ५५०…

Read More

काठमाडौं, १८ असार । यस वर्षको पहिलो ६ महिना नेपालमा पौने ६ लाख पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरीदेखि जुनसम्म) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९१ प्रतिशतले कम हो । गत वर्ष सन् २०२४ को जुनसम्ममा ५ लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका…

Read More

काठमाडौं, १७ असार । तीन दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर बढीरहेको छ । मंगलबार नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको हो । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ६० दशमलव ४९ को बिन्दुमा बन्द भएको छ । सोमबार ९ दशमलव ११ अङ्कले बढेको परिसूचक २ हजार ६३१ को बिन्दुमा कायम थियो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर ७० हजार २१४…

Read More