Author: Bizness Khabar
काठमाडौं, १७ असार । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका…
काठमाडौं, १६ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ बिन्दुमा कायम भएको हो । आज १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १४५ धितोपत्रको शेयर मूल्य बढ्दा १०३ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये ९१ को उपसूचक बढेको छ भने ४…
काठमाडौं, १६ असार । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको शतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हकप्रद प्रयोजनार्थको लागि जेठ ५ गते बुकक्लोज गरेको थियो । जसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै सो हकप्रद शेयरमा .आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।…
काठमाडौं, १६ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको…
काठमाडौं, १५ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६२२ दशमलव २८ बिन्दुमा कायम भएको हो । आज १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ७ अर्ब ७८ करोड २ लाख रुपैयाँको कारोबार भएको थियो । आज १८५ धितोपत्रको शेयर मूल्य बढ्दा ६३ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् । आइतबार उत्पादन तथा प्रशोधन समूकको उपसूचक शून्य दशमलव…
काठमाडौं, १२ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ५९५ दशमलव ७४ बिन्दुमा कायम भएको हो । आज १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो । आज ९३ धितोपत्रको शेयर मूल्य बढ्दा १५५ को घटेको छ । यसदिन कुल ३०६ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार विकास बैंक १ दशमलव १६, हाइड्रोपावर शून्य…
काठमाडौं, १२ असार । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर २ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं, ११ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २ बिन्दुमा कायम भएको हो । आज १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३४ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । बुधबार होटेल तथा…
काठमाडौं, ११ असार । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ ११ गते हुनेछ ।
काठमाडौं, १० असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार ६०० दशमलव ५३ बिन्दुमा कायम भएको हो । आज १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १४२ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार बैंकिङ शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३९, उत्पादन तथा…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886