Author: Bizness Khabar
काठमाडौं, ५ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा१ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज उच्च मूल्यबाट चाँदी पनि घटेको छ । बुधाबार हालसम्मकै उच्च २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ४ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अङ्कले घटेर दुई हजार ६५३ दशमलव ६८ बिन्दुमा कायम भएको हो । आज २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ८८ धितोपत्रको शेयर मूल्य बढ्दा १५९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् । बुधबार…
काठमाडौं, ४ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज चाँदीले भने नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा नौ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला १ लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको चाँदी आज बढेर २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ४ असार । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ३५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ९० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुने छ ।
काठमाडौं, ३ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९० अङ्कले बढेर दुई हजार ६५४ दशमलव ७५ बिन्दुमा कायम भएको हो । आज १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ९९ धितोपत्रको शेयर मूल्य बढ्दा १४८ को घटेको छ । यसदिन कुल ३०६ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार १३ समूहको उपसूचकमध्ये १० को उपसूचक घटेको छ भने ३…
काठमाडौं, ३ असार । उत्तर कोरियाको नयाँ युद्धपोत प्रक्षेपणकै क्रममा समुद्रमा पल्टिएको घटना संसारभर चर्चाको विषय बनिरहेको छ । जहाजमा मानवीय क्षति नभए पनि उक्त घटनाले नेता किम जोङ उनको आक्रोश र शासनशैली पुनः उजागर गरेको हो । गत महिना भएको उक्त घटनामा ५ हजार टन क्षमताको युद्धपोत सिधै समुद्रमा प्रवेश गराउने क्रममा असफल भई डुब्दा, किमले यसलाई ‘राष्ट्रको गरिमा माथिको आक्रमण’ भन्दै ‘अक्षम्य आपराधिक गल्ती’को संज्ञा दिएको बीबीसीले लेखेको छ । पछि चार जना उच्च अधिकारीहरू पक्राउ गरिए र तत्काल मर्मतको आदेश दिइयो । विशेषज्ञहरूका अनुसार यति ठूलो युद्धपोत निर्माणका क्रममा प्राविधिक चुकबाट जहाज पल्टनु अत्यन्त लाजमर्दो विषय हो…
काठमाडौं, ३ असार । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा साढे सात लाख भन्दा बढी नेपाली कामको खोजिमा विदेश गएका छन् । वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको जेठसम्ममा वैदेशिक रोजगारीका लागि ७ लाख ६० हजार ३९० जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ६३ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा ६ लाख ६९ हजार १२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या २२ दशमलव ८८ प्रतिशतले…
काठमाडौं, ३ असार । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष : प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूका आरबीसी सम्बन्धी प्रतिवेदनहरू त्रैमासिक रूपमा विश्लेषण गर्ने प्रक्रिया प्राधिकरणले शुरू गर्ने जानकारी दिए । अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरूको वित्तीय विवरण पुस मसान्तभित्र स्वीकृत हुनुपर्छ भन्ने बीमा…
काठमाडौं, २ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ८० अङ्कले बढेर दुई हजार ६५८ दशमलव ६६ बिन्दुमा कायम भएको हो । आज ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १२४ धितोपत्रको शेयर मूल्य बढ्दा १२४ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् । सोमबार होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ४ दशमलव…
काठमाडौं, २ असार । संघीय सरकारको बजेट सार्वजनिक भएको तीन साता नपुग्दै सातै प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना बजेट सार्वजनिक गरेका छन् । राजस्व संकलन, खर्चको कार्यान्वयनमा कमजोरी र केन्द्रबाट प्राप्त हुने रकममा निर्भर रहेको प्रदेश सरकारको बजेट संरचनाले देखाउँछ । अधिकांश प्रदेशले आन्तरिक स्रोत सीमित रहेकाले संघीय अनुदान, बाँडफाँट र खर्च नभएको अघिल्लो वर्षको मौज्दात रकमलाई बजेटको भरपर्दो आधार बनाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटामा बजेट ल्याएका छन् । अर्कोतर्फ कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकास र कृषि क्षेत्रमा उच्च प्राथमिकता दिएका छन् । कर्णाली प्रदेशले सामाजिक सुरक्षालाई मुख्य एजेन्डा बनाएको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886