Author: Bizness Khabar
काठमाडौं, १० असार । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं, ९ असार । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्ष (आव) २०८२/०८३ को बजेट पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेस गरिएको आगामी आवको बजेट पारित गर्ने कार्यसूची छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरी सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका छन् ।
काठमाडौं, ९ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ७८ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय दशमलव ७६ को बिन्दुमा बन्द भएको छ । आइतबार ३२ दशमलव १६ अङ्कले घटेको परिसूचक २,५९६ को बिन्दुमा कायम थियो । आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १४ करोड कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड १९ लाखमा खुम्चिएको छ । आज १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक किनबेच भएको छ । सोमबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १२३ धितोपत्रको मूल्य बढको…
काठमाडौं, ९ असार । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते)देखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो…
काठमाडौं, ९ असार । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ९ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल÷सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आइतबार काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरू बमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवम् परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिए । अध्यक्ष ओझाले भने, “बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायहरूलाई बलियो बनाउनुपर्छ, प्रतिवद्ध भएर लाग्नुपर्छ, बीमा, लघुबीमा र पुनर्बीमाका जोखिम फरक फरक हुनसक्छन्, जोखिमको सही मूल्याङ्कन गर्नुपर्छ, ठीक हो होइन निक्र्यौल…
काठमाडौं, ८ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव १६ अङ्कले घटेर दुई हजार ५९६ दशमलव ७४ बिन्दुमा कायम भएको हो । आज २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो । आज २३ धितोपत्रको शेयर मूल्य बढ्दा २२५ को घटेको छ । यसदिन कुल ३१० धितोपत्र कारोबारमा आएका छन् । आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन…
काठमाडौं, ८ असार । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ६० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुनेछ…
काठमाडौं, ८ असार । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलााम ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ६ असार । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर २ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886