Author: Bizness Khabar
काठमाडौं, १७ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६२३ दशमलव ८३ बिन्दुमा कायम भएको हो । आज २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १३६ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार व्यापार समूहको…
काठमाडौं, १७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । कार्यालयले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो । कार्यालयका अनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत बिन्दु कम अर्थात् ३ दशमलव ६७५ रहेको तथ्यांक कार्यालयले जनाएको छ । यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान…
काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । घोषणसभा स्थलबाट नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । उनले रेशम चौधरी पक्राउ परेकोमा भत्र्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको बताए । उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । आज बिहान ११ बजे हुने भनिएको एकता सभाका लागि दुबै दलका नेता–कार्यकर्ताहरु कमलादीस्थित प्रज्ञा भवन पुगिसकेका थिए । तर,…
काठमाडौं, १७ वैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको रहेको छ । महाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार अहिले कोशी, र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान…
काठमाडौं, १७ वैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १७ वैशाख । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी जेठ ७ गते हुने छ…
काठमाडौं, १६ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ बिन्दुमा कायम भएको हो । आज १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५७ धितोपत्रको शेयर मूल्य बढ्दा १८८ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार म्युचुअल समूहको उपसूचक बाहेक सबै उपसूचकमा ह्रास आएको छ ।…
काठमाडौं, १६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार–२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई÷दुई जनालाई र योगमाया राष्ट्रिय पुरस्कार एक जनालाई प्रदान गरिने जनाएको छ । यही वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार वीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजनीतीक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको छ । २ लाख राशिको यो पुरस्कार दुई जनालाई एक÷एक लाखका दरले प्रदान गरिनेछ । साहित्यतर्फ पाँचथरका तिलविक्रम नेम्बाङ…
काठमाडौं, १६ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोमी मुल्य मै कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १५ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ०७ बिन्दुमा कायम भएको हो । आज २ करोड ३६ लाख ८९ हजार ०७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ७८ धितोपत्रको शेयर मूल्य बढ्दा १६७ को घटेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ भने ४ उपसूचकको…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886