Author: Bizness Khabar

काठमाडौं, १५ वैशाख । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिन सक्नेछ । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ । सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । समितिले ३ जनाको नाम पठाएपछि अर्काे मन्त्रिपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्नेछ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनीहरुबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा गुणाकर…

Read More

काठमाडौं, १४ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १५ वैशाख । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ । आईआईएनका अनुसार, इञ्जिनीयर विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बीमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक…

Read More

काठमाडौं, १४ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ९८ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०१ बिन्दुमा कायम भएको हो । आज २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ८७ करोड ९३ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १०४ धितोपत्रको शेयर मूल्य बढ्दा १४१ को घटेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् । आइतबार लगानी समूहको उपसूचक सर्वाधिक १ दशमलव…

Read More

काठमाडौं, १४ वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ । प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहनेछन् । फुयाल, थापा र रावल एयर इन्डियाको विमानमार्फत भारतको नयाँ दिल्ली हुँदै आज बेलुका बेलायत जाँदैछन् । बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको बताइएको छ । राउत नेतृत्वको टोली…

Read More

काठमाडौं, १४ वैशाख । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १२ वैशाख । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ११ वैशाख । यस साता भरी नै घटेको नेप्से कारोबारको अन्तिम दिन (बिहीबार) भने घटेको सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अङ्कले बढेर २ हजार ६ सय ५८ दशमलव ९४को विन्दुमा कायम भएको छ । बुधबार ३२ दशमलव ३८ अङ्कले घटेको नेप्से २ हजार ६५५ को विन्दुमा थियो । यसअघि चार कारोबार दिसम्म नेप्सेमा गिरावट आएको थियो । आज परिसूचमा आएको सुधारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ५७ करोड १७ लाखको कारोबार हुँदा आज ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन…

Read More

काठमाडौं, ११ वैशाख । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेकोसञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूाजी २ अर्ब ५१ करोड रुपैयाँ छ । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।

Read More

काठमाडौं, ११ वैशाख । बिहीबार नेपाली बजारमा सुनको मुल्य समान्य बढेको छ । बुधबारको तोलामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाामा ७ हजर ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी मुल्य पनि तोलामा ४५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More