Author: Bizness Khabar

काठमाडौं, ११ वैशाख । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेकोे थियो । कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात खाली भएको छ । गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या ६.४ प्रतिशत हो । आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६…

Read More

काठमाडौं, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो । बोर्डका अनुसार अब परिक्षा बैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ (भोली)देखि तय गरिएको परीक्षा १० दिन पर सारेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र…

Read More

काठमाडौं, १० वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ६५५ दशमलव ८८ बिन्दुमा कायम भएको हो । आज १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड १७ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ३२ करोड १२ लाख बराबरको कारोबार भएको थियो । आज २८ धितोपत्रको शेयर मूल्य बढ्दा २१७ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३०८ धितोपत्र कारोबारमा आएका छन् । बुधबार १३ समूहको उपसूचकमध्ये…

Read More

काठमाडौं, १० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामती विधेयकमा तीनबुँदे असहमति राखेको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा तीनबुँदे अहसमति राखेका हुन् । प्रमुख सचेतक पाण्डले कुलिङ पिरियड, अतिरिक्त सचिव र भेटेनरीको तहबारे असहमति रहेको बताए । पाण्डेले कुलिङ पिरियड कम्तिमा दुई वर्ष राख्नुपर्ने, अतिरिक्त सचिव राख्न नहुने र भेटेनगरीमा आठौँ तह राख्नुपर्ने फरक मत राखेका छन् । पाण्डेले भने ‘अतिरिक्त सचिव राख्न आवश्यक छैन । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिन्छ ।’ राज्य व्यवस्था तथा सुशासन…

Read More

काठमाडौं, १० वैशाख । मंगलबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा भएको चाँदी आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं, १० वैशाख । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैशाख ३१ गते हुने छ…

Read More

काठमाडौं, ९ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ३२ बिन्दुमा कायम भएको हो । आज २ करोड २५ लाख ५५ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड १२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १६० को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार १३ समूहको…

Read More

काठमाडौं, ९ वैशाख । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गरेको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमा सम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षण लगायतका विषयमा छलफल भएको हो । कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बीमाले प्रदान गर्ने रक्षावरण, निजीक्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बीमा योजना, नागरिकहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक…

Read More

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ६ लाखभन्दा नेपाली कामको खोजिमा विदेश गएका छन् । वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख ७ हजा ८३४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा ५ लाख ३५ हजार ५५७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १६ दशमलव ८५ प्रतिशतले बढेको छ । गत…

Read More

काठमाडौं, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मङ्गलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि हिजो (सोमबार) मात्रै सुन १ लाख ९१ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । लगातार दुई दिनको मूल्य वृद्धिले सुनको दरले नयाँ रेकर्ड बनाउँदै गएको छ । यता चाँदीको मूल्य भने सामान्य बढेको छ । सोमबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज  तोलामा…

Read More