Author: Bizness Khabar

काठमाडौं, २८ जेठ । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको छ । पछिल्लो एक वर्षमा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट गएको कर्जा प्रवाह २० दशमलव ६१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा ७३ अर्ब ३४ करोड ८० रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा २० दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा ६० अर्ब ८१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।…

Read More

काठमाडौं, २८ जेठ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै २६ जेठमाबसेका मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत…

Read More

काठमाडौं, २८ जेठ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा मार्जिन प्रकृतिको ३५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा वैशाखसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ३९ दशमलव ३ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । चालू आवको दश महिनामा…

Read More

काठमाडौं, २८ जेठ । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को दश महिनामा हायर पर्चेज कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा वैशाखसम्म आइपुग्दा बढेर १ खर्ब २९ अर्ब १७ करोड पुगेको छ । २०८२ को वैशाख मसान्तसम्म व्यावसायिक प्रयोजनमा…

Read More

काठमाडौं, २८ जेठ । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को दश महिनामा यस्तो कर्जा ३१ प्रतिशतले खुम्चिएको हो । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत वैशाखसम्ममा ४४ दशमलव ८८ प्रतिशत अर्थात् ३० अर्ब ९७ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत वैशाखसम्म आइपुग्दा घटेर ८७ अर्ब ५३ करोड रुपैयाँमा सिमित भएको छ । २०८१/८२ को वैशाखसम्म बजारमा कायम ब्याज अनुदान…

Read More

काठमाडौं, २८जेठ । नेपाली बजारमा तीत दिन यता लागातार घटिरहेको सुनको मूल्य आज भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको…

Read More

काठमाडौं, २८ जेठ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोलामा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले ललितपुरस्थित “Baked & Served” मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित "View Three Hundred Sixty Degree Resort” र ललितपुरस्थित “Paradise Hills” मा बैंकका…

Read More

काठमाडौं, २८ जेठ । चालू अर्थिक वर्ष (आव)को वैशाखमा डिजिटल माध्यममार्फत करिब पौने ८२ खर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाखमा ८१ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५३ दशमलव ९७ प्रतिशत बढी हो । सो आवको वैशाखमा ५३ खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो । गत वैशाखमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ६१ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ७० दशमलव ६४…

Read More

काठमाडौं, २८ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुनेछ…

Read More

काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव)को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा ३ खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७ दशमलव ३ प्रतिशले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८ दशमलव ४ प्रतिशतले बढेको छ । गत वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश…

Read More