Author: Bizness Khabar
काठमाडौं, २७ जेठ । शोधनान्तर स्थिति करिब साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता साढे ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ । यसैगरी १० महिनामा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । गत आवको वैशाखसम्ममा चालु…
काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको वैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ, जुन गत आवको असार मसान्तसन्त यता २३ दशमलव ०१ प्रतिशतले वृद्धि भएको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा…
काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१८२ को वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ, जुन गत आवको सोही महिनाको तुलनामा १ दशमलव ६३ प्रतिशत बिन्दुले कम हो । गत आवको वैशाखमा यस्तो मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीवि ४१ प्रतिशत र ३ दशमलव शून्य ९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा…
काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे १३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार चालू आवको वैशाखसम्ममा १३ खर्ब ५६ अर्ब ६१ कोरोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको वैशाखसम्मको तुलनामा १३ दशमलव २ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा १६ दशमलव ९ प्रतिशतले बढेको थियो । चालू आवको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही महिनामा विप्रेषण आप्रवाह रु.११५ अर्ब ९९ करोड रहेको थियो । दश महिनामा…
काठमाडौं, २७ जेठ । नेपाली बजारमा सोमबार आज पनि सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, २६ जेठ । चार दिन यता लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढेको हो । यो वृदिसँगै परिसूचक २ हजार ६ सय ५३ दशमलव ०९ को विन्दुमा बन्द भएको छ । आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर ७८ हजार ४८ पटक किनबेच भएको छ । सोमबार ३२४ धितोपत्र कारोबारमा आए,…
काठमाडौं, २६ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
काठमाडौं, २६ जेठ । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, २५ जेठ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६३२ दशमलव ४ बिन्दुमा कायम भएको हो । आज १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ७४ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १६२ को घटेको छ । यसदिन कुल ३१३ धितोपत्र कारोबारमा आएका छन् । आइतबार १३ समूहको उपसूचकमध्ये ९ को उपसूचक घटेको…
काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो । त्यस्तै अन्य प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्णलगायत छन् । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886