Author: Bizness Khabar
काठमाडौं, २५ जेठ । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आज सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । आयोजनाले जारी गरेको सूचनाअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ । सो अवधिमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने सूचनामा…
काठमाडौं, २५ जेठ । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी उच्च मूल्यबाट घटेको छ । शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी हालसम्मकै उच्च मुल्यमा कारोबार भएको थियो ।
काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै ४२ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको जनाएको छ । यसका लागि बैंकले आज अपरान्ह ३ बजे बोलकबोल गर्ने बताएको छ । उक्त अवधिको निक्षेप संकलन उपकरणको आगामी साउन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा…
काठमाडौं, २३ जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि…
काठमाडौं, २३ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २२ जेठ । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ४९ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४१ दशमलव ४६ को बिन्दुमा बन्द भएको छ । बुधबार ११.९७ अङ्कले घटेको नेप्से २, ६४६ दशमलव ९५ को बिन्दुमा कायम भएको थियो । मंगलबार पनि नेप्से ३५.०७ अङ्कले घटेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ । आज १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।…
काठमाडौं, २२ जेठ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ । प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून…
काठमाडौं, २२ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्ज प्रालिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी…
काठमाडौं, २२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे । बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको तर्क थियो । “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर…
काठमाडौं, २२ जेठ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । कामु सीइओको भूमिकामा रहेका ज्ञवालीलाई बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैंकले कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी ४ वर्षे कार्यकालका लागिसीइओमा नियुक्त भएका हुन् । यसअघि ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीइओबाट राजीनामा दिएपछि ज्ञवालीलाई कामुको जिम्मेवारी दिइएको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886