Author: Bizness Khabar

काठमाडौं, २३ माघ । बैंकहरूमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकले २० दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन १३ गते हुने छ ।

Read More

काठमाडौं, २२ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १४ दशमलव ०८ प्रतिशतले घटेर २ हजार ७ सय १५ दशमलव ९१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २ दशमलव ४१ अङ्कले बढेर २,७३० को विन्दुमा कायम भएकोे थियो । आज नेप्सेमा आएको ह्राससँगै कारोबार रकम पनि घटेको छ । यस दिन १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार…

Read More

काठमाडौं, २२ माघ । दुई दिन देखि लगातार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ । आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस यता आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । तयस्तै आज चाँदीको मूल्य पनि बढेका छ । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको…

Read More

काठमाडौं, २२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ’बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय…

Read More

काठमाडौं, २१ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४१ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ३० को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ६९.८० अङ्कले २ हजार ७२७ को विन्दुमा कायम भएकोे थियो । आज कारोबार रकम पनि घटेको छ । आइतबार १२ अर्ब ९५ करोड रुपैयाँ कारोबार भएकोमा आज घटेर ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भइको छ । यस दिन २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबारमा आएको छ । सोमबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये १३७ धितोपत्रको मूल्य घटेको…

Read More

काठमाडौं, २१ माघ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई यही माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो । सहायक प्रवक्ता न्यौपानेलाईं ९७७–१–५४४४०७७ (एक्सटेन्सन)१८५० वा ईमेल ठेगाना ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ । यसअघि बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे रहेका थिए ।

Read More

काठमाडौं, २१ माघ । सन् २०२५ को पहिलो महिनामा करिब ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन आघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव १२ प्रतिशतले बढी हो । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । जनवरीमा समग्र पर्यटक आगमन बढेको छ । तर, भारतीय पर्यटक आगमन भने १५ प्रतिशतले घटेको छ । यस वर्षको जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही आधिको तुलनामा १५ प्रतिशतले कम हो । २०२४ जनवरीमा २४…

Read More

काठमाडौं, २१ माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा कुल आन्तरिक कर्जा १ं दशमलव २ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २ दशमलव ६ प्रतिशत बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुस मसान्तमा यस्तो कर्जा ४ दशमलव ८ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८ दशमलव ७ प्रतिशत घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो दाबी ८ दशमलव ३ प्रतिशत घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुससम्ममा यस्तो दाबी ७ दशमलव १ प्रतिशत घटेको छ । समीक्षा अवधिमा मौद्रिक…

Read More

काठमाडौं, २१ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा यस्तो कर्जा प्रवाह ५ दशमलव २ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा ४ प्रतिशतले वृद्धि भई १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ प्रवाह भएको थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm ७ प्रतिशतले कर्जा प्रवाह बढेको छ । सो अवधिमा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४ दशमलव २ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३५ दशमलव…

Read More

काठमाडौं, २१ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा साढे ७ खर्बबढी विप्रेषण (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ भित्रिएको हो । समीक्षा अवधिमा ४ दशमलव १ प्रतिशतले विप्रेषण आप्रवाह बढेको छ । गतवर्षको यसै अवधिमा २२ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गतआवको सोही अवधिमा यस्तो आप्रवाह १९ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको…

Read More