Author: Bizness Khabar
काठमाडौं, २२ असोज । भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । एक करोड १८ लाख ५१ हजार २० भारतीय रुपैयाँ बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौं पठाइने प्रजिअ रिजालले जानकारी दिए ।
काठमाडौं, २१ असोज । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ दशमलव १३ अङ्कले बढेको छ । आज परिसूचक ३७ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय ९० दशमलव ७२ को विन्दुमा बन्द भएको छ । यसदिन शेयर बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७३ हजार ११९ पटक खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३०५ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य बढेको…
काठमाडौं, २१ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाले करिब ४ करोडको सहयोगबराबरको रकम उपलब्ध गराएका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष…
काठमाडौं, २१ असोज । आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले कात्तिक १२ गतेलाई आफ्नो बार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभाको लागि आँखुखोलाले कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ । जसअनुसार कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन पाउनेछन । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन । त्यस्तै साधारणसभामा हकप्रदको प्रस्ताव पनि नलैजाने निर्णय गरेको छ । कम्पनीको हालको चुक्तापुंजी २ अर्ब रहेको छ ।
काठमाडौं, २१ असोज । दाङको राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । राप्ती गाउँपालिका–३ स्थित खुरुरियामा रहेको झोलुङेपुलबाट नदीमा बगेका दाउरा निकाल्ने क्रममा खसेका १३ बवर्षीय सुधन चौधरीको उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेका हुन् । उनी आइतबार साढे ३ बजे नदीको बीच टापुमा खसेका थिए । त्यसको एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित दसैँको अवसरमा आज दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनः निर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनः निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याए । सो अवसरमा राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण…
काठमाडौं, २१ असोज । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । जसअन्र्तगत आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ । यसको अघिल्लो दिन ३ सय रुपैयाँले घटेर १ लाख ६१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २१ असोज । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित “Venus Hospital” सँग बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। अब, यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले चितवनस्थित “Jungle Villa Resort” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात “Achar Ghar”, दरबारमार्गस्थित “Mahotsav Restaurant & Bar”…
अस्मिता सापकोटा काठमाडौं, २१ असोज । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकासकोे अहिलेसम्मकै उच्चतम उपलब्धि हो । यसले कम्प्युटर वा मेशिनलाई मानिस जस्तै सोच्न, बुझ्न, निर्णय लिन र कार्य गर्न सक्षम बनाउँछ । पहिल्यै अपलोड गरिएका डेटाको आधारमा निर्णय लिन सक्ने क्षमता राख्ने यस प्रविधिको प्रयोग स्वचालित प्रणाली, स्वास्थ्य सेवा, शिक्षा, उद्योग, बैंकिङ, अनलाइन सेवा लगायतमा गरिन्छ । यस्तै प्राविधिक विकासको अर्कोे रूप हो यन्त्र मानव । यन्त्र मानव मानिसको जस्तो काम गर्न सक्ने एक प्रकारको स्वचालित मेशिन हो । पछिल्लो समय एआईको प्रयोगबाट यन्त्र मानवमा मानिसले जस्तै सोच्न र बोल्न सक्ने क्षमताको समेत विकास भएको छ । एआई प्रविधिको उपयोगबाट…
काठमाडौं, २० असोज । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय :
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886