Author: Bizness Khabar
काठमाडौं, १८ माघ । नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वर्षमा प्रवेश गरेको छ । आइक्यानले आफ्नो वार्षिकोत्सवका अवसरमा विहीबार काठमाडौं र मुलुकभरी विविध कार्यक्रम आयोजना गरेको थियो । आइक्यानको वार्षिकोत्सव मूख्य समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए । उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए…
काठमाडौं, १७ माघ । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएकाले विपक्षी दलहरुले अस्वीकार गर्ने भएकोे बताए । यस्तै बैठकले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउने निर्णय भएको उनले बताए । सिंहदरबारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी…
काठमाडौं, १५ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २ हजार ६ सय ५७ दशमलव ७७ को विन्दुमा बन्द भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर ९५ हजार ९७ पटक किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६०…
काठमाडौं, १५ माघ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो, जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ…
काठमाडौं, १५ माघ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै आज नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ्ग प्रणालीबाट २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । यसका लागि दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसअघि आइतबार राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको…
काठमाडौं, १४ माघ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए । बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी…
काठमाडौं, १४ माघ । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित "Sigma Diagnostic Laboratory" मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरु "Dusit Thani Himalayan Resort” मा १५% र "Himalaya Drishya Resort" मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ…
काठमाडौं, १४ माघ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चादी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १३ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै आज नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ । राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते तोकिएको छ…
काठमाडौं, १३ माघ । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886