Author: Bizness Khabar

काठमाडौं, २ असार । सोमबार नेपाली नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं, १ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ८५ बिन्दुमा कायम भएको हो । आज २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो । आज ९० धितोपत्रको शेयर मूल्य बढ्दा १५७ को घटेको छ । यसदिन कुल ३०८ धितोपत्र कारोबारमा आएका छन् । आइतबार उत्पादन तथा प्रशोधन १ दशमलव ५४,…

Read More

काठमाडौं, १ असार । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइबार) ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ११ गते हुने छ…

Read More

काठमाडौं, १ असार । वर्खा लागेसँगै सडकहरु अवरोध हुन थालेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् भने एउटा सडक एकतर्फी मात्र सञ्चालनमा छ । नेपाल प्रहरीले आज बिहान जारी गरेको १० बजेसम्मको अपडेटअनुसार काठमाडौं उपत्यकाको ललितपुर बागमती गाउँपालिका–६ रुम्बाडाँडामा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । कोशी प्रदेशको धनकुटाको सङ्गुरीगढी गाउँपालिका–५ मा पहिरो गएकाले रवि राके भेडेटार सडक र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–८ मा पहिरोका कारण दिकेल–गाईघाट सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–१० बक्सिलामा मध्य पहाडी लोकमार्ग एकतर्फी रुपमा सुचारु भएको…

Read More

काठमाडौं, १ असार । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।…

Read More

काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आईपीओ आइतबार (आज) बिहान बाँडफाँट भएको छ । होटल क्रिष्टल, गौशाला, काठमाडौँमा कम्पनीको आईपीओ बाँडफाँट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले र ५ जनाले…

Read More

काठमाडौं, १ असार । गत मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्इ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा ४२ सय रुपैयाँले बढेर १ लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा…

Read More

काठमाडौं, ३० जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम…

Read More

काठमाडौं, ३० जेठ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा…

Read More

काठमाडौं, ३० जेठ । मंगलबारदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More