Author: Bizness Khabar
काठमाडौँ, २० असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो । साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गरेका विशिष्ठ भूमिकाको कदरस्वरुप उनलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ । मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उनलाई उक्त सम्मान प्रदान गरेका थिए । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल,…
काठमाडौं, २० असोज । हालै अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।
काठमडाौं, १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु गराए । नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए । उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका…
काठमाडौं, १८ असोज, काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता ः वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो बनाएर लैजानुको विकल्प नभएको भन्दै यसका लागि प्रदेश र स्थानीय तहको वित्तीय क्षमता बढाउनु पर्नेमा जोड दिए । अर्थविद् अच्युत वाग्लले अहिले तल्लो सरकारको क्षमता नबढाई अधिकार दिने र दुई वर्ष पछि ‘काम गर्न सकेनन्’ भनेर सोही अधिकार खोस्ने प्रवृत्ति रहेको बताए । यो प्रवृत्ति नियोजित रहेकोले सर्वप्रथम राजनीतिक दल र उनीहरुको नेताको सोचमा संघीयता आउनु जरुरी रहेको…
काठमाडौं, १८ असोज । एनसीसीएस समूहले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हजारौँ नागरिक विस्थापित भएपछि एनसीसीएस र सम्बद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ५ लाख ६ हजार ५५० रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो । विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अप्ठ्यारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । एनसीसीएस, परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान…
काठमाडौं, १८ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए । पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै उनले ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गरे । ट्रेड युनियन लगायतका संघ, संस्थाहरुले सत्यतथ्य कुरा मात्रै पस्कनु पर्नेमा उनको जोड छ । मन्त्री पाण्डेले नेपालको हवाई आकास सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध…
काठमाडौं, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराए । अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
काठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । अध्यक्ष सिफारिसका लागि बनेको समितिका संयोजक बिरामी परेपछि अन्तर्वार्ता स्थगित भएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो । अधिकारी अस्वस्थ भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो । सिफारिस समितिले आज बिहान ८ बजे अन्तर्वार्ताका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको थियो । उल्लिखित तीन जनासहित…
काठमाडौं, १८ असोज । नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ, जुन मूल्य हालसम्मकै उच्च हो । बिहीबार १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं, १८ असोज । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । त्यस्तै १९ जना अझै बेपत्ता छन् भने १६५जना घाइते छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886