Author: Bizness Khabar
काठमाडौं, ७ माघ । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको आर्थिक वर्ष ०८०/०८१ को आय–व्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको देखाइएको छ । जसअनुसार एकीकृत समाजवादी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ । पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न…
काठमाडौं, ७ माघ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा विराटनगर भन्सार कार्यालयबाट एक खर्ब बढीको वैदेशिक व्यापार (आयात–निर्यात) भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत पुस मसान्तसम्ममा एक खर्ब ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । सो अवधिमा ८९ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात हुँदा २२ अर्ब २३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत आवको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार १३ दबमलव १५ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा ९८ अर्ब रुपैयाँको भएको थियो । गत पुस मसान्तसम्ममा सबैभन्दा धेरै आयात हुनेमा एचआर सिट…
काठमाडौं, ६ माघ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२.५८ अङ्कले बढेर दुई हजार ६०१.२१ बिन्दुमा पुगेको हो । आज १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा रू. ६ अर्ब २५ करोड ७२ लाख बराबरको कारोबार भएको छ । आज १७१ धितोपत्रको शेयर मूल्य बढ्दा ६८ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२५ धितोपत्र कारोबारमा आएका छन् । आइतबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक…
काठमाडौं, ६ माघ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज (माघ ६) गोलाप्रथामार्फत आइपीओ बाँडफाँड गरेको हो । आइपीओका लागि कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए । जसमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । १८ लाख २२ हजार ४०५ जनालाई गोलाप्रथामार्फत आइपीओ बाँडफाँड गरिएको छ । बाँकी आवेदकले भने हात खाली भएका छन् । कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म र्सासाधरणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
काठमाडौं, ६ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ६० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ६० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ २७ गते हुने छ…
काठमाडौं, ४ माघ । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको हो । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो । ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा छन् । सजायँ…
काठमाडौं, ३ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएका चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ ।
काठमाडौं, २ माघ । नेपालमा लक्ष्यअनुसार राजस्व असुली हुन नसक्नु पुरानै समस्या हो, जुन यस वर्ष पनि दोहोरिएको छ । चालू आर्थिक वर्ष (आव)को पुस मसान्तसम्ममा सरकारको आम्दानी लक्ष्यको आधा पनि भएको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार आवको ६ महिनामा सरकारको आम्दानी ५ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ रहेको छ, जुन लक्ष्यको ३९ दशमलव ४३ प्रतिशत हो । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । लक्ष्यअनुसारको राजस्व उठाउन सरकारका राजस्व सम्बन्धी दुवै निकाय असफल देखिएका छन् । राजस्व उठाउने प्रमुख निकाय भन्सार विभाग हो । विभागले गत पुस मसान्तसम्ममा…
काठमाडौं, २ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ८०० रुपैयाँ घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886