Author: Bizness Khabar

काठमाडौं, २० चैत । नेपषली बजारमा विगत चार दिनदेखि नयाँ रेकर्ड बनाउँदै उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएकोमा आज चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ…

Read More

काठमाडौं, १९ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ५७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७७ दशमलव ५५ को विन्दुमा बन्द भएको छ । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । कारोबारको अघिल्लो दिन आइतबार ७ अर्ब ५६ करोड कारोबार भएकोमा आज ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन १ करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक किनबेच भएको छ । मंगलबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २०१ धितोपत्रको मूल्य घटेको छ भने ४२ धितोपत्रको मूल्य बढेको ।…

Read More

काठमाडौं, १९ चैत । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा मार्जिन प्रकृतिको २५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो गत आवको यसै अवधिको तुलनामा करिब दुई गुणा (१८२.२६ प्रतिशत) बढी हो । गत आवको माघसम्म ८ अर्ब ८६ करोड प्रवाह भएको थियो । २०८१ को साउनको तुलनामा माघसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह २७ दशमलव ७६ प्रतिशतले बढेको छ ।…

Read More

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको बताएको छ । राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधिको दुरुपयोग हुँदा जोखिम बढेको भन्दै यसबाट बच्न तीन तहको सुरक्षा आवश्यक रहेको औंल्याएको हो । यी हुन् राष्ट्र बैंकले औंल्याएको तीन तहका सुरक्षाः

Read More

काठमाडौं, १९ चैत । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेशन अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

Read More

काठमाडौं, १९ चैत । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । बोहरालाई घाटीको समस्या थियो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । उनले २०७९ को आम निर्वाचनमा तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।

Read More

काठमाडौं, १९ चैत । सुनको मूल्यले चार दिनदेखी लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली बजारमा आज सुन तोलामा १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १८ चैत । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज साँझ पाँचबजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

Read More

काठमाडौं, १८ चैत । सुनको मूल्यले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परिरहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ११ सय रुपैयाँ बढेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

Read More

काठमाडौं, १८ चैत । पियोर इनर्जी लिमिटेडले चैत २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो, जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा निष्कासन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी…

Read More