Author: Bizness Khabar
काठमाडौँ, २६ पुस । आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्रको अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको एक निर्देशनमा सो व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख गरेको हो । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको…
काठमाडौं, २६ पुस । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । प्राधिकरणको गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो । समितिले आज सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वेवसाइटमार्फत १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएकोे हुनुपर्ने सूचनामा उल्लेख छ…
काठमाडौं, २५ पुस । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अङ्कले घटेको छ । यो सँगै परिसूचक २ हजार ६ सय ३५.०९ विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन ६.३६ अङ्कले बढेर २ हजार ६ सय ५३.२३ विन्दुमा कायम भएको थियो । आज १ करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता शेयर ७३ हजार ३ सय ९ पटक किनबेच हुँदा ७ खर्ब ३० करोड ५३ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ४० करोड ७९ लाखको कारोबार भएको थियो । आज ५५ धितोपत्रको मूल्य बढ्दा १८० को घटेको छ ।…
काठमाडौं, २४ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर घटेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर शून्य दशमलव ३ प्रतिशत बिन्दुले घटेको हो । चालू आवको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत छ । गत आवको यसै अवधिमा यो शून्य दशमलव ५ प्रतिशत थियो । गत आवको चौथो त्रैमासिकको तुलनामा पनि चालू आवको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशत बिन्दुले ह्रास आएको तथ्याङ्कले देखाउँछ । गत आवको चौथो त्रैमासिकमा जीडीपीको वृद्धिदर १ दशमलव ५ प्रतिशत रहेको…
काठमाडौं, २४ पुस । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत आइतबार देखी स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिनसुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
काठमाडौं, २४ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ८० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ८० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुने छ…
काठमाडौं, २३ पुस । ङादी ग्रुप पावर लिमिटेडले आज (मंगलबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्रि खुला गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको प्रतिशेयर रू. १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
काठमाडौं, २२ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९ दशमलव १२ अङ्क अर्थात् १ दशमलव ८९ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ४० दशमलव ६८ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५.३२ अङ्कले बढेको नेप्से २ हजार ५९१ को विन्दुमा बन्द भएको थियो । नेप्सेमा आएका वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर ७५ हजार ५४० पटक किनबेच हुँदा ६ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएको…
काठमाडौं, २२ पुस । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी आइतबार कायम भएको मूल्यमा नै किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २२ पुस । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखेको छ । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन । निर्धारित समयसम्म शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886