Author: Bizness Khabar
काठमाडौं, २१ पुस । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५ दशमलव ३२ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ५६ बिन्दुमा पुगेको हो । आइतबार ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा रू. ४ अर्ब ८६ करोड २ लाख बराबरको कारोबार भएको छ । आज कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । जसमध्ये १४१ धितोपत्रको शेयर मूल्य बढेको छ । यस्तै ९४ धितोपत्रको घट्दा ८ को भने स्थिर रह्यो । आइतबार कारोबार भएका १३ समूहका उपसूचकमध्ये ८ वटा समूहको बढ्दा ५ को घटेको छ । यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक…
काठमाडौं, २१ पुस । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
काठमाडौं, २१ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसअघि १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड भइसकेको छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन…
काठमाडौं, २१ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ १३ गते हुने छ…
काठमाडौं, १९ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले यहीँ पुस २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँको २२ लाख ५० हजार कित्ता शेयर आइपिओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । त्यस्तै कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्युचुअल फण्डहरूलाई छुट्याएको…
काठमाडौं, १९ पुस । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । उस दिन चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १८ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या घटेको छ । अर्थ मंन्त्रालयको तथ्याङ्क अनुसार गत आवको कात्तिक मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा यस्तो प्यान लिनेको संख्या ४ दशमलव २९ प्रतिशत घटेको हो । गत कात्तिकसम्ममा प्यान लिनेको संख्या दुई लाख ३२ हजार ८६६ रहेको छ । गत वर्षको यसै अवधिमा दुई लाख ४३ हजार ३२० जनाले लिएका थिए । यद्यपि सुरुदेखि चालू आवको कात्तिकसम्ममा ६४ लाख ५८ हजार ९९९ प्यान जारी भएको छ । सो अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ९५ हजार ७०७ पुगेको छ,…
सुनिता सेवेदी, काठमाडौं, १८ पुस । पछिल्लो दशकमा पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्दै आएको छ । पर्यटन उद्योगमा विस्तार र पर्यटक आगमनको क्रम बढ्दो अवस्थामा रहेकै बेला कोभिड महामारी यसको ठूलो बाधक बन्यो । कोभिडको दुई वर्ष पर्यटन उद्योग नराम्ररी थलियो । कोभिडको जोखिम घटेसँगै आन्तरिक पर्यटन फस्टायो । यससँगै बाह्य पर्यटक आगमन ठूलो सुधारको अपेक्षा गरिए पनि त्यसअनुसार हुन नसकेको तथ्यांकले नै देखाउँछ । विज्ञ एवं व्यवसायीले नेपालको पर्यटन उद्योग कोभिड अघिको अवस्थामा पुग्न २ वर्षसम्म लाग्ने अनुमान गरे पनि कोभिडपछिको तीन वर्ष बित्दा समेत पुरानो लयमा फर्किन सकेको छैन । अहिले विश्वका अधिकांश मुलुक कोभिड अगाडिभन्दा धेरै…
काठमाडौं, १७ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव १० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५ सय ८१ दशमलव ६० को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ३३ दशमलव ०८ अङ्कले घटेको नेप्से २,५७६ को विन्दुमा बन्द भएको थियो । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । ९४ लाख ३४ हजार कित्ता शेयर ४३ हजार ७२९ पटक किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ३०५ धितोपत्र कारोबारमा…
काठमाडौं, १७ पुस । कर्णाली प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको उद्योगहरूको क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रहेको छ । गत वर्ष यस्तो क्षमता ५२ दशमलव २० प्रतिशत थियो । समीक्षा वर्षमा प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता १५ दशमलव ० प्रतिशत छ । यसपछि कागज उत्पादन ४८ दशमलव ९४ प्रतिशत, काठ तथा काठको सामान ४१ दशमलव ६७ उपयोग क्षमता छ । कर्णाली प्रदेशमा उद्योगको दर्ता…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886