Author: Bizness Khabar

काठमाडौं, १७ पुस । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुने छ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्…

Read More

काठमाडौं, १६ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक ३३ दशमलव ०८ अङ्कले घटेर २ हजार ५ सय ७६ दशमलव ५० को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन २१.१२ अङ्कले घटेको नेप्से परिसूच २,६०९ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकम भने केही बढेको छ । १ करोड ३१ लाख ७४हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटक किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएको थियो । मंगलबार ३०८ धितोपत्र कारोबारमा आए, जसमध्ये २१३…

Read More

काठमाडौं, १६ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा राजस्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आव २०८०/८१ को पहिलो साढे पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन ३ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको हो । आवको साढे पाँच महिनासम्ममा रू. ४ खर्ब ३१ अर्ब ४९ करोड राजस्व उठाएको छ, जुन वार्षिक लक्ष्यको ३० दशमलव ४ प्रतिशत मात्रै हो । सो अवधिमा रू. ३८ अर्ब ३७ कारेड गैर–राजस्व कर हो भने रू. ३ खर्ब ९३ अर्ब १२ करोड राजस्व कर हो । चालू आवमा रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य…

Read More

कुल नारायण श्रेष्ठ, काठमाडौं, १५ पुस । लामो समयदेखि शिथिल रहेको निर्माण क्षेत्रमा पछिल्लो समय सुधारको केही संकेत देखिएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा निर्माण क्षेत्रसँग सम्बन्धित हेभी इक्वीपमेन्टको आयातले यस क्षेत्रमा सुधार हुन थालेको देखाएको हो । भन्सार विभागका अनुसार गत आवको पहिलो पाँच महिनामा गत आवको सोही अवधिको तुलनामा निर्माणका ठूला उपकरणको आयात ४७ दशमलव १७ प्रतिशतले बढेको छ । गत मंसिरसम्ममा रू. ७ अर्ब ४७ करोड ५६ लाखको हेभी इक्वीपमेन्ट भित्रिएको छ । गत आवको यसै अवधिमा यस्ता उपकरण रू. ५ अर्ब १४ करोड ९३ लाखको भित्रिएको थियो । आवको पाँच महिनामा सबैभन्दा धेरै आयात…

Read More

काठमाडौं, १५ पुस । सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् । सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको हो । उनी यसअघि सीडीएससीकै सञ्चालकका रुपमा काम गर्दै आइरहेकी थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन थियो ।

Read More

काठमाडौं, १५ पुस । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबर दिन आइतबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर१ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १४ पुस । यस साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ५८ को विन्दुमा बन्द भएको छ । गत हप्ताको कारोबार अन्तिम दिन नेप्से ४.१९ अङ्कले बढेर २,६३० को विन्दुमा कायम भएको थियो । आज नेप्सेमा ह्रास आएपनि कारोबार रकम भने केही बढेको छ । एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब ३२ करोड…

Read More

काठमाडौं, १४ पुस । यस साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत हप्ताको अन्तिम दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको सुन आज ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय…

Read More

काठमाडौं, १४ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ७० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ६ गते हुने छ…

Read More

कुल नारायण श्रेष्ठ, काठमाडौं, १२ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा तरकारी आयात मूल्य र परिमाण दुबैले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयात मूल्य ३० दशमलव २८ प्रतिशत बढेको छ परिमाण ९ दशमलव ३२ प्रतिशतले बढेको छ । गत मंसिर मसान्तसम्ममा रू. १९ अर्ब ५१ करोड ३० लाख मूल्य बराबरको ३ लाख ४४ हजार ७९५ मेट्रिक टन तरकारी आयात भएको छ । गत आवको यसै अवधिमा रू. १४ अर्ब ९७ करोड ६६ लाख मूल्य बराबरको ३ लाख १५ हजार ३८० मेट्रिक टन आयात…

Read More