Author: Bizness Khabar
काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज गरेको छ । विप्रेषण कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी), र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) का लाइसेन्स खारेज गरिदिएको हो । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै तीन कम्पनीहरूले लिएको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित)को विनियम (१३ को उप) विनियम (५) बमोजिम खारेज गरिएको जनाएको छ । विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको…
काठमाडौं, १२ पुस । यस साताको अन्तीम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १२ पुस । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा ” एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन” अवार्डबाट सम्मानित भएको छ । एनसीएचएलको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाललाई विकास बैंकहरू मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् । ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ…
काठमाडौं, ११ पुस । यस साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव १९ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३० दशमलव ७१ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन १४ दशमलव ११ अङ्कले बढेको नेप्से २,६२६ को कायम भएको थियो । आज कारोबार रकम पनि बढेको छ । २ करोड ९ लाख ७८ हजार ९८० कित्ता शेयर ६१ हजार ८३९ पटक किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो…
काठमाडौं, ११ पुस । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी, दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस १० गते बसेको बैठकले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । त्यसअघि कम्पनीको २१ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी दिएको थियो ।
माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्छ : प्रचण्ड
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले कम्युनिष्टहरु एकतावद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको बताएका हुन् । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ । माओले विकास…
काठमाडौं, ११ पुस । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर आजैबाट टेकओभर गरेको बैंकको संस्थापक लगायत सबै शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । शेयर कारोबार रोक्का हुनुअघिसम्म बैंकको शेयर प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भइरहेको थियो । बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले आजैदेखि उक्त बैंकको व्यवस्थापनमा आफ्ना कर्मचारी समेत खटाइसकेको छ । कर्णाली डेभलपमेन्ट बैंकले…
काठमाडौं, ११ पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार१ सय रुपैयाँले घटेको सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ । बुधबारपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
काठमाडौं, १० पुस । चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा जीवन बीमाको व्यवसाय ६५ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मंसिरसम्ममा १४ वटा जीवन बीमा कम्पनीले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही आवधिको तुलनामा ६ दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको जीवन बीमाको व्यवसाय भएको थियो । पाँच महिनामा व्यवसायमा उठेको बीमा शुल्कमध्ये नवीकरण बीमा शुल्कमार्फत ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ, जुन गत आवको मंसिरसम्मको तुलनामा २ दशमलव ५७ प्रतिशतले बढी…
काठमाडौं, १०, पुस। नेपालीहरुको महान चाड सकिएसँगै कामका लागि विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव)को सुरुवाती महिनादेखि नै वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दो क्रममा थियो, यसले स्वदेशमै रोजगारीको अवसरहरु बढेको संकेत देखाएको थियो । तर, दशैं, तिहार, छठ जस्ता चाड सकिएसँगै कामको खोजी गर्दै विदेश जाने बढेका हुन् । चालू आवको मंसिरमा झण्डै पौने १ लाख रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मंसिरमा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्, जुन साउनको तुलनामा ४१ दशमलव ३७ प्रतिशतले बढी हो । साउनमा रोजगारीका लागि विदेश…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886