Author: Bizness Khabar
काठमाडौं, १० पुस । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो दिन सुन १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ ।
काठमाडौं, १० पुस । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका बीबीसीले जनाएको छ । उक्त अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो । पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे…
काठमाडौं, १० पुस । नेपालको चिया उद्योगले केही दशकयता अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ । नेपाली चियाको विशेषता यसको प्राकृतिक स्वाद, अर्गानिक गुणस्तर र हावापानीसँग जोडिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिना रू. २ अर्ब ८८ करोड ६६ लाख मूल्य बराबरको चिया निर्यात भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ दशमलव २२ प्रतिशत बढी हो । गत वर्षको पहिलो पाँच महिनामा रू. १ अर्ब ८७ करोड १७ लाखको निर्यात भएको थियो । नेपालमा उत्पादन भएका चियामध्ये सबैभन्दा धेरै निर्यात मेची भन्सारबाट हुँदै आएको छ । यो…
काठमाडौं, ९ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय २६ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २,६१२ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४३ करोडको कारोबार भएको थियो । मंगलबार ३१२ धितोपत्र कारोबारमा आए,…
काठमाडौं, ९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासन गरेको थियो । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । उक्त एफपीओमा सोमबारसम्म १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाबाट १ करोड ९६…
काडमाडौं, ९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार…
काठमाडौं, ९ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं, ९ पुस । बजारमा अधिक तरलता थुप्रिएपछि आज (मंगलबार) नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २१ गते हुने छ ।
काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव)२०८१/८२ को पहिलो पाँच महिनामा नेपालले डेढ सय मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । सो अवधिमा १४९ वटा देशसँग व्यापार हुँदा ११९ देशसँग नेपाल व्यापार घाटामा छ । बाँकी ३० देशसँगको व्यापारमा मात्रै नेपाल बचतमा रहेको भन्सार विभागले जनाएको छ । चालू आवको मंसिरसम्ममा नेपालले छिमेकी मुलुक भारतसँग सबैभन्दा बढी व्यापार घाटा बेहोरेको छ । भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ । पाँच महिनामा नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ५२…
काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पछिल्ला महिना नेपालको आयात व्यापारमा सुधार हुन थालेको छ । चालू आर्थिक वर्षको भदौमा थोरै बढेर असोजमा घटेको आयात त्यसपछिका महिनामा बढ्न थालेको हो । आवको पहिलो चार महिनामा ० दशमलव २ प्रतिशतले बढेको आयात पछिल्लो महिना अर्थात् मंसिरसम्म आइपुग्दा ३ प्रतिशतले बढेको छ । आवको पहिलो पाँच महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पहिलो पाँच महिनामा रू. ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाखको वस्तु आयात भएको हो, जुन कुल वैदेशिक व्यापारको ११ दशमलव १३ प्रतिशत हो । सो आवधिमा…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886