Author: Bizness Khabar

काठमाडौं, १ चैत । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा ४ हजार रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, २८ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भने केही सुधार आएको छ । एक हप्ता लगातार घटेको नेप्से बुधबार भने १७ दशमलव २८ अङ्कले बढेको हो । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ७ सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । मंगलबार ३२.२१ अङ्कले घटेको नेप्से २,७१९ को विन्दुमा कायम भएको थियो । आज परिसूचक बढेता पनि कारोबार रकम भने झन घटेको छ । मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २९…

Read More

काठमाडौं, २८ फागुन । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, २८ फागुन । चालू अर्थिक वर्ष (आव)को माघ महिनामा डिजिटल माध्यममार्फत करिब ५७ खर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत माघमा ५७ खर्ब १० अर्ब ५३ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आव २०८०/८१ को यसै अवधिकोे तुलनामा ३० दशमलव ७६ प्रतिशत बढी हो । सो आवको माघमा ४३ खर्ब ६७ अर्ब रुपैयाँ भुक्तानी भएको थियो । माघमा सबैभन्दा धेरै भुक्तानी आरटिजीएसमार्फत भएको छ । यो प्रणालीबाट ३८ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ३६ दशमलव ६१ प्रतिशत बढी हो । गतवर्ष २८ खर्ब…

Read More

काठमाडौं, २८ फागुन । १० निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । ठेक्का सम्झौताअनुसार कार्य नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा राखिएका निर्माण तथा आपूर्ति कम्पनीहरूमा तारालक्ष्मी निर्माण सेवा, ममता मञ्जु कन्स्ट्रक्सन प्रालि, सनम निर्माण सेवा, निर्जरा निर्माण सेवा, इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि र जिएस निर्माण संसार कम्पनी प्रालि छन् । तारालक्ष्मी निर्माण सेवा गुल्मी र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि…

Read More

काठमाडौं, २८ फागुन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत २० गते हुने छ…

Read More

काठमाडौं, २७ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर दुई हजार ७१९ दशमलव २ बिन्दुमा कायम भएको हो । आज १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ३३ धितोपत्रको शेयर मूल्य बढ्दा २०८ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०३ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार १३ उपसमूहमध्ये…

Read More

काठमाडौं, २७ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को सात महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १ खर्ब ९७ अर्ब २१ करोड अर्थात ४ शदमलव १ प्रतिशत मात्र थियो । २०८१ माघ मसान्तसम्म वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ६३ दशमलव ८ प्रतिशत रहेको छ भने गतवर्षको यसै अवधिमा…

Read More

काठमाडौं, २६ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका सहभागी हुने कार्यक्रम छ । मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् । उनले सो कार्यक्रमलाई सम्बोधन गर्नेछिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।

Read More

काठमाडौं, २६ फागुन । पछिल्लो समय मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रुपमा बढिरहेको छ । पछिल्लो तीन वर्षमै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ६५ लाखले बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को माघसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ लाख नाघिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा २ करोड ६५ लाख ७३ हजार ७२ जनाले मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन्, जुन आव २०७९/८० को १० महिनासम्मको तुलनामा ३२ दशमलव ६२ प्रतिशतले बढी हो । सो वर्षको माघसम्ममा २ करोड ३६ हजार ५२४ माबाइल बैंकिङ प्रयोगकर्ता थिए । गत आवमा यस्ता प्रयोगकर्ताको सङ्ख्या २ करोड…

Read More