Author: Bizness Khabar

काठमाडौं, ८ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मुल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मुल्य हालसम्मकै उच्च हो । यसअघि ४ वैशाखमा प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही…

Read More

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्ममा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार ६९२ मेट्रिक टन मल आयात भएको हो । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया, डीएपी र पोटास मल आयात गरिएको हो । मन्त्रालयका अनुसार नौ महिनामा १ लाख ६६ हजार ८३४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै ८९ हजार ५९२ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास आयात भएको छ । सो अवधिमा कृषि…

Read More

काठमाडौं, ७ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ बिन्दुमा कायम भएको हो । आज २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ३५ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १९२ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।…

Read More

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महिनामा करिब १५ खर्बको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्ममा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १६ दशमलव ८९ प्रतिशत बढी हो । गत आवको ९ महिनामा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको व्यापार भएको थियो । चालू आवको चैतसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १२ दशमलव १८ प्रतिशत बढी हो । सो आवमा ११ खर्ब ६७ अर्ब ३६ करोड रपैयाँको…

Read More

काठमाडौं, ७ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैैकले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको थियो । ७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अङ्कित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने छन् । बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार…

Read More

काठमाडौं, ५ वैशाख । गभर्नर नियुक्त हुने पक्का भएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् । भट्टले शुक्रबार बिहान राजीनामा बुझाएका हुन् । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । तर, सत्ता साझेदार दल नेपाली कांग्रेस–नेकपा एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन । गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भट्टका नामममा सहमति भएको थियो । अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य…

Read More

काठमाडौं, ४ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ९ दशमलव ७५ अङ्कले घटेको परिसूचक आज २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ बिन्दुमा कायम भएको हो । आज २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ रुपैयाँको कारोबार भएको थियो । आज १८७ धितोपत्रको शेयर मूल्य बढ्दा ५९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन्…

Read More

काठमाडौं, ४ वैशाख । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को ८ महिनामा हायर पर्चेज कर्जा ४ दशमलव ७१ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा फागुनसम्म आइपुग्दा बढेर १ खर्ब २९ अर्ब ९५ करोड पुगेको छ । २०८१ को फागुन मसान्तसम्म व्यावसायिक प्रयोजनमा…

Read More

काठमाडौं, ४ चैत । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापाको प्रतिवन्ध फुकूवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध सकिएको भएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । फिफाले सन् २०१५ अप्रिलमा थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको थियो । भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो । आफूमाथि लगाएको उक्त प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । थापाले विज्ञप्तिमा भनेका छन्, ‘म माथि…

Read More

काठमाडौं, ४ चैत । सरकारले चार वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एस.एम. कन्सट्रक्सन मकवानपुर, सुकु रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् । कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र…

Read More