Author: Bizness Khabar

काठमाडौं, २५ मंसिर । सानिमा माई हाईड्रो लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेकोे सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गतेका लागि १३ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । उक्त सभामा लाभांशको अजेण्डा पारित गरिनुका साथै समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनी गाभ्ने/गाभिने वा एकिकरण गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने…

Read More

काठमाडौं, २५ मंसिर । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २१ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । यो वृद्धिसँगै चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन यसको मुल्य १ हजार ८६५ रुपैयाँ कायम भएको थियो ।

Read More

काठमाडौं, २४ मंसिर । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध सोमबार पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको, राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा भ्रष्टार मुद्दा दायर गरेको हो । नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८१ साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । पछिल्लो ९ महिनादेखि राष्ट्र सेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेकोले कानून बमोजिम कारवाहीको माग गर्दै मुद्दा दायर भएको छ ।…

Read More

काठमाडौं, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललका नुसार आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं । तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला,’ मन्त्री पौडेलले भने । या सँगै अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा…

Read More

काठमाडौं, २४ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ८४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक १५ दशमलव १८ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको छ । नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर ६२ हजार ७५८ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार ३१७ धितोपत्र कारोबारमा आए, जसमध्ये १३८ धितोपत्रको मूल्य घटेको छ ।…

Read More

काठमाडौं, २४ मंसिर । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८१/८२’ अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (असोज मसान्त)मा खुद मुनाफा घटेको हो । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाले चालू आवको असोज मसान्तसम्म ३७ करोड रुपैयाँ खुद मुनाफा गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ८५ प्रतिशत कम हो । गत आवको पहिलो तीन महिनामा यस्ता संस्थाको खुद मुनाफा १ अर्ब २५ करोड रुपैयाँ थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी रू. १ अर्ब १७ करोड…

Read More

काठमाडौं, २४ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरे । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ । उनले अमेरिका आगामी…

Read More

काठमाडौं, २४ मंसिर । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष (आव) २०८०÷८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको २४औं सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । जसअनुसार १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन सक्नेछन् । यसअघि कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश घोषणा गरेको…

Read More

काठमाडौं, २४ मंसिर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष (आव) २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने कम्पनीले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले पाउनेछन् ।

Read More

काठमाडौं,२४ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस साताको पहिलो कारोबारको दिन ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More