Author: Bizness Khabar

काठमाडौं, २२ फागुन । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा नेपाल चेम्वर अर्फ कमर्ष (एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) बीच सम्झैता भएको थियो । समिट ‘इकोनमी फर सस्टेनेबल एन्ड रेसिलेन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजना हुने भएको छ । यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यवसायिक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय÷क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा छलफल र बहस गरिने जनाइएको छ । बहस…

Read More

काठमाडौं, २२ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ७० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८ सय १८ दशमलव ४३ को विन्दुमा बन्द भएको छ । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज कारोबार १० अर्ब १० करोडमा झरेको छ । यस दिन १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक किनबेच भएको छ । बिहीबार ३१० धितोपत्र कारोबारमा आए, जसमध्ये १३२ धितोपत्रको शेयर मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको शेयर…

Read More

काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूची अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी सरुवा भएर गएका छन् ।पहिले उनी गृहमन्त्रालयमा सह-सचिव थिए । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई पठाइएको छ । सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् ।

Read More

काठमाडौं, २२ फागुन । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । लगातार तीन दिनदेखि बढिरहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो…

Read More

काठमाडौं, २२ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र ० दशमलव ७३१२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्र्थ) रहेको छ । कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ समेत जारी गरेको छ । बुक क्लोजभन्दा अघि नै सो शेयर सूचीकृत भएमा लाभांश समेत प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण…

Read More

काठमाडौं, २२ फागुन । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ आवेदन आज (बिहीबार)देखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ खुलाएको आईपीओ बाँडफाँटपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । अंकित…

Read More

काठमाडौं, १८ फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार ८९० दशमलव २८ बिन्दुमा कायम भएको हो । आज २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो । आज १९६ धितोपत्रको शेयर मूल्य बढ्दा ४४ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०२ धितोपत्र कारोबारमा आएका छन्…

Read More

काठमाडौं, १८ फागुन । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी अघिल्लो कारोबार दिन शुक्रबार कायम भएको मूल्यमा नै किनबेच भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १८ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) २५ अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत १० गते हुने…

Read More

काठमाडौं, १६ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More