Author: Bizness Khabar
काठमाडौं, २ वैशाख । केही दिन लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रपैयाँले घटेको छ । आइतबार १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं, ३१ चैत । ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन गर्नेभएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा नेपाल सरकारको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ ।…
काठमाडौं, ३१ चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैहाख २१ गते हुने छ…
काठमाडौं, ३१ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५…
काठमाडौं, २९ चैत । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुक्रबार आयोजित नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले प्राधिकरण आफ्नो क्षमतालाई बढाएर अपेक्षित रूपमा स्तरीय सेवा दिन तयार रहेको बताए । बीमा कम्पनीहरूलाई बोनसबाट बाहिर निस्केर टर्म इन्स्योरतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुहुँदै अध्यक्ष ओझाले भने, “जोखिमाङ्कनमा समस्या छन्, त्यसलाई सुधार्नुपर्छ, कर्मचारीलाई लक्ष्य दिँदा बीमालेख जारी सहित नवीकरणको पनि लक्ष्य दिनुपर्छ, बीमा गराउँदा शुरूमैं बीमालेखका…
काठमाडौं, २९ चैत । पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संचना गरेर निजी क्षेत्रलाई शेयर सहभागिता गराउन सुझाव दिएको छ । आयोगले नयाँ स्टकबारे भने केही सुझाव दिएको छैन । ‘नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी यसको पुँजीवृद्धि गर्नुका साथै निजी क्षेत्रलाई शेयर सहभागिता गराउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पनि पुनर्संरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थालाई पनि शेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्ने ।’ वस्तु विनिमय सञ्चालनमा ल्याई पब्लिक वेयरहाउजिङ ऐन जारी आयोगले सुझाव दिएको छ ।
काठमाडौं, २९ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजी हाल २ खर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीले लाभांशका लागि करसहित ३९ रोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छट्याएको छ । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई…
नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरेको हो । नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ । योग्य तथा इच्छुक व्यक्तिले आगामी वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकको न्यूनतम शैक्षिक योग्यता कक्षा ८…
काठमाडौं, २९ चैत । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घर जग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा प्रवाह हुने कर्जा बढ्न थालेको छ । ब्याजदर घट्न थालेसँगै यो क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढेको तथ्याङ्कले नै देखाउँछ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)को ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा व्यक्तिगत आवासीय र घर जग्गा (रियल इस्टेट) कर्जा बढेको छ । गत फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब २२ अर्ब ५२ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ४ दशमलव ३९ प्रतिशत बढी हो । २०८० को…
काठमाडौं, २९ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886