Author: Bizness Khabar

काठमाडौं, २९ चैत । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राखिन् । निजी क्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरिन् । ‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो । निजी…

Read More

काठमाडौं, २८ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको बढेको छ । हिजो बुधबार १३ दशमलव ९० अङ्कले बढेको परिसूचक आज ५ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६७० दशमलव ७ बिन्दुमा कायम भएको हो । आज १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो । आज ११४ धितोपत्रको शेयर मूल्य बढ्दा १३१ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रह्यो…

Read More

काठमाडौं, २८ चैत । चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ अर्थात् ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा हेर्दा यो वृद्धि ७ दशमलव ७ प्रतिशत रहेको छ । गत फागुन मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा आधारित छ । सो अवधिका बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५ शदमलव २ प्रतिशत रहेको छ । यो २०८० को सोही अवधिमा ६७ दशमलव…

Read More

चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को आठ महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ८८ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण अनुसार चालू आवको शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो, जुन गत वर्षको यसै अवधिको तुलनामा ११ दशमलव ०३ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा उच्च शिक्षाका लागि विदेशी मुलुक जाने विद्यार्थी मार्फत ८० अर्ब १४ करोड रुपैयाँ विदेशिएको थियो । चालू आवको फागुनसम्ममा सेवा खाता अन्तर्गत भ्रमण व्यय २० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ११…

Read More

काठमाडौं, २८ चैत । चालू आर्थिक (वर्ष आव) २०८१÷८२ को आठ महिनामा कुल आन्तरिक कर्जा १ दशमलव ८ प्रतिशतले बढेको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा आन्तरिक कर्जा ३ दशमलव ९ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्ममा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो दाबी ४ दशमलव ९ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा यस्तो दाबी १४.३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव ८ प्रतिशतले बढेको…

Read More

काठमाडौं, २८ चैत । चालू आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा बढेको हो । यो वृद्धिले नेपालको मौद्रिक तथा वित्तीय क्षेत्रमा सकारात्मक संकेत देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा २ दशमलव ८१ प्रतिशत बढेको हो । चालू आवको फागुनसम्ममा बैंकको खुद नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत फागुनसम्ममा धेरै खुद…

Read More

काठमाडौं, २८ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढ्दै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत २१ गते १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड बनाएको थियो । यो मूल्य पनि आज कारोबार भएको मूलयले तोडेको छ । बुधबार सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको…

Read More

काठमडौं, २८ चैत । सार्वजनिक वित्त व्यवस्थापन र कर कानूनाबरे मन्थन गर्दै लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन समापन भएको छ । दुई दिन सम्म चलेको सम्मेलनका दौरान कर प्रशासनसहित नियामक निकाय र सरोकारवालाबीच विभिन्न विषयमा छलफल भएको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जनाएको छ । आईक्यानका कार्यकारी निर्देशक सीए सुरेन्द्रभुषण श्रेष्ठले कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि सम्मेलन प्रभावकारी रहेको बताए । नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्तरक्रिया भएको र सम्मेलनको निष्कर्ष छिट्टै सार्वजनिक गरिने उनको भनाई छ । सम्मेलनको अन्तिम सत्रमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहेर छलफल गरिएको थियो ।…

Read More

काठमाडौं, २७ चैत । चालू आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो । चालू आवको आठ महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख १७ हजार ६८ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम…

Read More

काठमडौं, २७ चैत । चालू आर्थिक वर्ष २०८१/८२ को फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १ दशमलव ०७ प्रतिशत विन्दुले कम हो गत आवको फागुनमा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो । चालू आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ दशमलव ९५ प्रतिशत र ४ दशमलव ०७ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक…

Read More