Author: Bizness Khabar

काठमाडौं, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयल निगममा रिक्त एक जना विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको हो । उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्नेछन् । उक्त पदमा दरखास्त दिन नेपालको नागरिक भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्ने छ । यस्तै…

Read More

काठमाडौं, २७ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से १३ दशमलव ९० अङ्कले बढेर दुई हजार ६८० दशमलव ५२ बिन्दुमा कायम भएको छ । आज १ करोड ७३ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । हिजो मंगलबार ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको थियो । आज १५४ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् । बुधबार सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा…

Read More

काठमाडौं, २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ बजे (१३०० जिएमटी) आगलागी भएको हो । आगलागीमा परी बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ । नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ ।

Read More

काठमाडौं, २७ चैत । सान्भि इनर्जी लिमिटेडले २०८२ बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९…

Read More

काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ । पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५…

Read More

काठमाडौं, २७ चैत । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । त्यसपछि २०८२ वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म पनि उक्त बाटो बन्द हुनेछ । यो अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन ।

Read More

काठमाडौं, २७ चैत । नेपाली बजारमा केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं, २७ चैत । हङकङमा आजदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित निकालेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमदले ३० रन र कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहेका थिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको लक्ष्य दिएको थियो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४…

Read More

काठमाडौं, २७ चैत । चालू अर्थिक वर्ष (आव) २०८१/८२ को फागुनमा डिजिटल माध्यममार्फत ६२ खर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत फागुनमा ६२ खर्ब २९ अर्ब ८९ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा २३ दशमलव ८७ प्रतिशत बढी हो । सो आवको फागुनमा ५० खर्ब २९ अर्ब ११ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो । फागुनमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ४४ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा २९ दशमलव ११ प्रतिशत…

Read More

काठमाडौं, २७ चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैशाख १७ गते हुने छ…

Read More