Author: Bizness Khabar

काठमाडौं, २६ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से ३ दशमलव ४४ अङ्कले घटेर दुई हजार ६६६ दशमलव ६१ बिन्दुमा कायम भएको छ । आज १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १२१ धितोपत्रको शेयर मूल्य बढ्दा १२३ को घटेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ । यसदिन उत्पादन तथा प्रशोधन…

Read More

काठमाडौं, २६ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा निर्माणका लागि सुझाव मागेको छ । मन्त्रालयका अनुसार सरकारको अगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउने काम प्रारम्भ भइसकेको छ । मन्त्रालयले सूचना जारी गर्दै आगामी वर्षको बजेटमा समावेश गर्न उपयुक्त विषयहरुका बारेमा सुझाव दिन विभिन्न संघसंस्था, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी तथा आमसर्वसाधराणलाई आग्रह गरेको हो । सुझावहरु अर्थ मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल [email protected] बाट समेत पठाउन सकिने जानकारी पनि मन्त्रालयले दिएको छ । आगामी वैशाख मसान्तभित्र सुझाव पेस गरिसक्न पनि अर्थले आग्रह गरेको छ ।

Read More

काठमाडौं, २६ चैत । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि निर्वाचनको घोषणा गरिएको हो । गत हप्ता अदालतले युनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो । सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले बताएका छन् । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक रहेका कुरालाई पनि ध्यानमा राखेको…

Read More

काठमाडौं, २६ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्तितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्न लागेको यो दोस्रो पटक हो । मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि प्रधानमन्त्री रहेका ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा…

Read More

काठमाडौं, २५ चैत । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उनले…

Read More

काठमाडौं, २५ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६७० दशमलव ९४ बिन्दुमा कायम भएको हो । आज १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरकोे कारोबार भएको थियो । आज २३ धितोपत्रको शेयर मूल्य बढ्दा २२१ को घटेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् । सोमबार सबै उपसमूहको परिसूचक घटेको छ । आज व्यापारको उपसमूहको परिसूचक सर्वाधिक…

Read More

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर बिदा भएसँगै हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । गभर्नर चयनको लागि सरकारले समिति गठन गरको छ, तर हालसम्म गभर्नरका लागि नाम सिफारिस भएको छैन । राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए…

Read More

काठमाडौं, २५ चैत । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर सभापति लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेशलगत्तै प्रहरीले लामिछानेलाई शुक्रबार राति उनकै निवासबाट पक्राउ गरेको थियो । त्यस दिन लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज रुपन्देही जिल्ला…

Read More

काठमाडौं, २५ चैत । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारी अवकाशमा गएसँगै आजको मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना छ, यद्यपि हालसम्म मन्त्रिपरिषद् बैठकका एजेन्डा भने खुलाइएको छैन । अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर चैत २२ मै बिदा भइसकेका छन् । अधिकारी बिदा भएसँगै हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न…

Read More