Author: Bizness Khabar

काठमडाौं, २५ चैत । लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तक्र्रिया हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले…

Read More

काठमाडौं, २५ चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (सोमबार) ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले २३ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैशाख १७ गते हुने…

Read More

काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको जनप्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन् । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शन तथा आमसभा गर्दैछ । विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् । ‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं’, गुरुङको वक्तव्यमा भनिएको छ ।

Read More

काठमाडौं, २४ चैत । सरकारले आठ विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२५’ (नेशनल आइसिटी अवार्ड) प्रदान गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न ८ विधामा आवेदन खुला गरेको हो । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवद्र्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ । उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विशेष योगदान पुयाउने व्यक्ति तथा सङ्घ संस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई तपसिलका विधाहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२५“ प्रदान गर्न…

Read More

काठमाडौं, २४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । एकैदिन चाँदी तोलामा ७० रुपैयाँले घटेको हो ।

Read More

काठमाडौं, २४ चैत । नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षकहरूलाई आह्वान गरेका छन् । यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि शैक्षिक गतिविधि नगर्न आग्रह गरिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन्…

Read More

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबिच भेटवार्ता भएको हो वार्तामा दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली सहभागी रहेको प्रधानमन्त्रीको सचीवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौं, २२ चैत । अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तान प्रस्थान गरेका छन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ्ग, सोविता गौतम, संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सम्माननीय सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् । अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन…

Read More

काठमाडौं, २२ चैत । बिहीबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन हालसम्मकै उच्च एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं, २२ चैत । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ । दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेसँगै उनी पदमुक्त भएका छन् । युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेपछि विरोध भएको थियो । त्यसकै कारण उनीमाथि महाअभियोग लगाइएको थियो । यस फैसला आउनुअघि यूनका समर्थक र विपक्षीहरू सडकमा उत्रिएका थिए । हिंसात्मक विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यहाँ प्रहरीहरू खटाइएको बीबीसीले उल्लेख गरेको छ । योललाई…

Read More