Author: Bizness Khabar

काठमाडौं, २२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब रू. ५ अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब रू. ५ अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब रू. ६ करोड ४३ लाख मुनाफा जम्मा गरिएको छ । कर्मचारी सञ्चय कोष सञ्चालक समितिको यही चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौजदात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा…

Read More

काठमडौं, २२ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट…

Read More

काठमाडौं, २१ चैत । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज बुधबारको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । सोही दिन १८ सय रुपैयाँले बढेको सुन तोलामा १ लाख ७९ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको थियो । विगत चार दिन उच्च रेकर्ड कायम गरिरहेको सुनको मूल्य अघिल्लो कारोबार दिन बुधबार भने…

Read More

काठमाडौं, २१ चैत । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२।५ कित्ता एफपीओ थप सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको हो । लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वःपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिभित्र मागअनुसार आवेदन नपरे २०८२ वैशाख ४ गतेसम्म आवेदन अवधि लम्बिनेछ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक…

Read More

काठमाडौं, २० चैत । मेडिकल राहतसामग्रीसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार गएको छ । म्यानमारमा गत साता गएको विनाशकारी भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि सरकारले मेडिकल राहतसहितको नेपाली सेनाको टोली बुधबार त्यसतर्फ पठाएको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली सेनाको ’सी–९२३५ सीएएसए’ विमानबाट बुधबार म्यानमार प्रस्थान गरेको हो । उक्त टोलीमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायताकर्मी र ६ जना चालक दलका सदस्यहरू रहेका जंगी अड्डाले जनाएको छ । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा…

Read More

काठमाडौं, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ७०१ दशमलव ४८ बिन्दुमा कायम भएको छ । आज १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो । आज १६६ धितोपत्रको शेयर मूल्य बढ्दा ७८ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् । बुधबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक…

Read More

काठमाडौं, २० चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत १० गते हुने छ…

Read More

काठमाडौं, २० चैत । नेपषली बजारमा विगत चार दिनदेखि नयाँ रेकर्ड बनाउँदै उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएकोमा आज चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ…

Read More

काठमाडौं, १९ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ५७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७७ दशमलव ५५ को विन्दुमा बन्द भएको छ । आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । कारोबारको अघिल्लो दिन आइतबार ७ अर्ब ५६ करोड कारोबार भएकोमा आज ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन १ करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक किनबेच भएको छ । मंगलबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये २०१ धितोपत्रको मूल्य घटेको छ भने ४२ धितोपत्रको मूल्य बढेको ।…

Read More

काठमाडौं, १९ चैत । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा मार्जिन प्रकृतिको २५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो गत आवको यसै अवधिको तुलनामा करिब दुई गुणा (१८२.२६ प्रतिशत) बढी हो । गत आवको माघसम्म ८ अर्ब ८६ करोड प्रवाह भएको थियो । २०८१ को साउनको तुलनामा माघसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह २७ दशमलव ७६ प्रतिशतले बढेको छ ।…

Read More