Author: Bizness Khabar

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको बताएको छ । राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधिको दुरुपयोग हुँदा जोखिम बढेको भन्दै यसबाट बच्न तीन तहको सुरक्षा आवश्यक रहेको औंल्याएको हो । यी हुन् राष्ट्र बैंकले औंल्याएको तीन तहका सुरक्षाः

Read More

काठमाडौं, १९ चैत । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेशन अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

Read More

काठमाडौं, १९ चैत । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । बोहरालाई घाटीको समस्या थियो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । उनले २०७९ को आम निर्वाचनमा तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।

Read More

काठमाडौं, १९ चैत । सुनको मूल्यले चार दिनदेखी लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली बजारमा आज सुन तोलामा १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, १८ चैत । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज साँझ पाँचबजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आज दिउँसो प्रतिनिधि सभा बैठक छ । उक्त बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।

Read More

काठमाडौं, १८ चैत । सुनको मूल्यले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परिरहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ११ सय रुपैयाँ बढेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

Read More

काठमाडौं, १८ चैत । पियोर इनर्जी लिमिटेडले चैत २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो, जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा निष्कासन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी…

Read More

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाईका लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र दाताबाट आवेदन मागेको हो । राष्ट्र बैंकले यसअघि नै बोलपत्र आवेदनका लागि योग्य ६ कम्पनीको सूची सार्वजनिक गरेको छ । ती योग्य आवेदकमा चीन, अमेरिका, जर्मनी, रसिया, फ्रान्स र पोल्यान्डका कम्पनी छन् । यीमध्ये इच्छुक आवेदकले आगामी १४ मे १२ बजेसम्म मुद्रा व्यवस्थापन विभाग थापाथलीमा आइपुग्नेगरी बोलपत्र खरिद गरिसक्नुपर्ने छ । प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२…

Read More

काठमाडौं, १७ चैत । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्क मार्फत…

Read More

काठमाडौं, १७ चैत । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा पनि बेबी वार्मर प्रदान गरेको हो । ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै,…

Read More