Author: Bizness Khabar
काठमाडौं, २३ भदौ । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रिट निवेदनमाथि सोमबार बिहान १० बजेलाई पेशी तोकिएको छ ।
काठमाडौं, २३ भदौ । गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ । पालिकाले एक विज्ञप्ति जारी गर्दै आर्थिक ऐन २०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको जनाएको छ । भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् । एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर…
काठमाडौं, २३ भदौ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते) एक सय अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकले आइतबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागिएको जनाएको छ । यसमा दिउँसो ३ बजे देखि अनलाईन बिडिङ्ग सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो । सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते निर्धारण हुनेछ । यसको ब्याजदर भने…
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको टिप्पणी गर्दै गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न समेत आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,’खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द…
काठमाडौं, २३ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत शनिबार बसेको ५४ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश तथा बोनस शेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । यसका लागि कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको…
काठमाडौं, २१ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । सञ्चार मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकको प्रयोग तथा पहुँचमा लगाइएको रोक हटाउन पत्राचार गरेको हो । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । शर्त पालना गर्न टिकटकका प्रतिनिधि राजी…
काठमाडौं, २१ भदौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो, जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको…
काठमाडौं, २१ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता तथा सो खाता संचालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर तथा जेबिएनएल सेक्यरिटिज शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।…
काठमाडौं, २१ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले उक्त क्लब तथा स्पामा २०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालै बैंकले ललितपुर स्थित मेडेक्स मल्टि स्पेसियालिटी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरसँग पनि बैंकका ग्राहकहरूलाई २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसरी नै बैंक र काठमाडौं स्थित प्रख्यात ट्रयान्क्युलिटि स्पा बिच देशभरका १७ वटै आउटलेटहरूका हरेक सेवा तथा सुविधाहरूमा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । साथै बैंकले टिस्टुङ…
काठमाडौं, २१ भदौ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । यसअघि सुनिल पौडेल प्रबन्ध निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो । तर, सरकारले उनलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी पहाडीले यस क्षेत्रमा करिव ३ दशक लामो अनुभव सम्हालिसकेकी छन् । । …
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886