Author: Bizness Khabar
काठमाडौं, १४ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४१ दशमलव ६७ अङ्कले बढेर दुई हजार ६६३ दशमलव ५४ बिन्दुमा कायम भएको हो । आज ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब २० करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो । आज २२७ धितोपत्रको शेयर मूल्य बढ्दा १६ को घटेको छ । यसदिन कुल ३०९ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार सबै उपसमूहको परिसूचक बढेको छ । आज व्यापारको…
काठमाडौं, १४ चैत । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अर्थात एकैदिन चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।
काठमाडौं, १३ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४० दशमलव ४७ अङ्कले घटेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय २३ दशमलव २१ को विन्दुमा बन्द भएको छ । बुधबार परिसूचक ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५८४ को बिन्दुमा कायम थियो । आज परिसूचक बढेपनि कारोबार रक मभने घटेको छ । मंगलबार ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर ४८ हजार ७८५ पटक किनबेच भएको छ । बुधबार ३१७ धितोपत्र कारोबारमा आए, जसमध्ये…
काठमाडौं, १३ चैत । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि ५८ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत ८ गतेसम्म अन्नपूर्ण–१ सहित पाँच वटा हिमाल आरोहणका लागि ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् । सो अवधिमा १८ महिला र ४० पुरुषले हिमाल आरोहणका लागि अनुमति लिएका छन्, जसमध्ये सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यो हिमाल आरोहणका लागि ४ समूहबाट ४२ जनाले अनुमति पाइसकेका छन््, जसमा १२ जना महिला र ३० जना पुरुष छन् । अनुमति लिनेमा चिनियाँ नागरिक धेरै हालसम्मम नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएको विभागले…
काठमाडौं, १३ चैत । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँ घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भने बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, १३ चैत । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि आफ्नो प्राथमिक सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन एफपीओ ल्याउन लागेको हो । लघुवित्तले आम सर्वसाधारणका लागि ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५१ हजार २९२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । लगानीकर्ताले उक्त शेयरका लागि चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री…
काठमाडौं, १३ चैत । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी वैशाख ३ गते हुने छ…
काठमाडौं, १२ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५ दशमलव ९० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५ सय ८४ दशमलव ८८ को विन्दुमा बन्द भएको छ । बुधबार ३० दशमलव ५२ अङ्कले बढेको परिसूचक २ हजार ५८४ को बिन्दुमा कायम थियो । आज परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सोमबार ४ अर्ब ४८ करोड कारोबार भएकोमा आज ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर ६२ हजार २१ पटक किनबेच भएको छ । मंगलबार ३२५ धितोपत्र कारोबारमा आए,…
काठमाडौं, १२ चैत । विद्युत् नियमन आयोगले माईखोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । आयोगको चैत ११ को बैठकले माईखोलालाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको सूचनामा उल्लेख छ । अब कम्पनीले नियामकबाट स्वीकृति प्राप्त गरेपछि हकप्रद शेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीअनुसार कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८००…
काठमाडौं, १२ चैत । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर नै छ । यस दिन चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी आइतबारकै मूल्यमा यथावत रही सोही मूल्यमा कारोबार भएको थियो ।
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886