Author: Bizness Khabar
काठमाडौं, २८ जेठ । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा मार्जिन प्रकृतिको ३५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा वैशाखसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ३९ दशमलव ३ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । चालू आवको दश महिनामा…
काठमाडौं, २८ जेठ । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को दश महिनामा हायर पर्चेज कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा वैशाखसम्म आइपुग्दा बढेर १ खर्ब २९ अर्ब १७ करोड पुगेको छ । २०८२ को वैशाख मसान्तसम्म व्यावसायिक प्रयोजनमा…
काठमाडौं, २८ जेठ । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को दश महिनामा यस्तो कर्जा ३१ प्रतिशतले खुम्चिएको हो । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत वैशाखसम्ममा ४४ दशमलव ८८ प्रतिशत अर्थात् ३० अर्ब ९७ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत वैशाखसम्म आइपुग्दा घटेर ८७ अर्ब ५३ करोड रुपैयाँमा सिमित भएको छ । २०८१/८२ को वैशाखसम्म बजारमा कायम ब्याज अनुदान…
काठमाडौं, २८जेठ । नेपाली बजारमा तीत दिन यता लागातार घटिरहेको सुनको मूल्य आज भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको…
काठमाडौं, २८ जेठ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोलामा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले ललितपुरस्थित “Baked & Served” मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित "View Three Hundred Sixty Degree Resort” र ललितपुरस्थित “Paradise Hills” मा बैंकका…
काठमाडौं, २८ जेठ । चालू अर्थिक वर्ष (आव)को वैशाखमा डिजिटल माध्यममार्फत करिब पौने ८२ खर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाखमा ८१ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५३ दशमलव ९७ प्रतिशत बढी हो । सो आवको वैशाखमा ५३ खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो । गत वैशाखमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ६१ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ७० दशमलव ६४…
काठमाडौं, २८ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुनेछ…
काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव)को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा ३ खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७ दशमलव ३ प्रतिशले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८ दशमलव ४ प्रतिशतले बढेको छ । गत वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश…
काठमाडौं, २७ जेठ । शोधनान्तर स्थिति करिब साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता साढे ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ । यसैगरी १० महिनामा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । गत आवको वैशाखसम्ममा चालु…
काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको वैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ, जुन गत आवको असार मसान्तसन्त यता २३ दशमलव ०१ प्रतिशतले वृद्धि भएको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886