Author: Bizness Khabar
काठमाडौं, ११ चैत । लगातार ६ दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (सोमबार) बढेको छ । आज नेप्से ३० दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४५ दशमलव २ बिन्दुमा कायम भएको छ । आज ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार ६ अर्ब ३२ करोड १ लाख रुपैयाँँको कारोबार भएको थियो । आज २१० धितोपत्रको शेयर मूल्य बढ्दा ३३ को घटेको छ । यसदिन कुल ३२६ धितोपत्र कारोबारमा आएका छन् । आज सबै समूहको उपसूचक बढेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक…
काठमाडौं, ११ चैत । नेपालमा सुनको आयात पछिल्लो ५ महिनायता लगातार बढिरहेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि बढेको सुनको आयात परिमाण भदौ र असोजमा स्थिर रहेकोमा त्यसपछिका महिनामा भने बढिरहेको छ । विभागको तथ्याङ्क अनुसार गत फागुनसम्ममा १४ अर्ब ३७ करोड ११ लाख रुपैयाँ बराबरको ११ लाख ८८ हजार ८९६ ग्राम अर्थात् १ हजार १८८ किलो सुन आयात भएको छ । पछिल्लो एक महिनामै ३ लाख १ हजार ५६८ ग्राम अर्थात ३०१ किलोग्राम (किलो) सुन भित्रिएको छ । माघसम्ममा १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको ८ लाख ८७ हजार ३२८ ग्राम अर्थात् ८८७ किलो…
काठमाडौं, ११ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला चाँदी १ हजार ९८० रुपैयाँ कायम भएको थियो । आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १० चैत । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०४ अङ्कले घटेर दुई हजार ६१६ दशमलव २६ बिन्दुमा पुगेको हो । आज १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १३ धितोपत्रको मात्रै शेयर मूल्य बढेको छ भने २३० को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् । आइतबार सबै…
काठमाडौं, १० चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत ३१ गते हुने छ…
काठमाडौं, ८ चैत । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार दुई हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, ७ चैत । चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपालले १३ खर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको हो, जुन गत आवको यसै अवधिको तुलनामा १५ दशमलव २९ प्रतिशत बढी हो । गत आवको ८ महिनामा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको व्यापार भएको थियो । गत फागुनसम्ममा नेपाललाई ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । सो अवधिमा ११ खर्ब ४५ अर्ब ५६ हजार रुपैयाँको सामान आयात हुँदा १ खर्ब ५८ अर्ब १७ करोडको मात्रै निकासी भएको…
काठमाडौं, ७ चैत । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो बुधबार कायम भएको मूल्यमा नै किनबेच हुने भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । गत मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेकोे छ । यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला २ हजार ४५…
काठमाडौं, ६ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार ६८२ दशमलव १५ बिन्दुमा कायम भएको हो । आज ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन नेप्से घटेपनि कारोबार भने बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ११ ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो । आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १८३ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३११ धितोपत्र कारोबारमा…
काठमाडौं, ६ चैत । सरकारले चैत ४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने भएको छ । त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरुङलेसरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886