Author: Bizness Khabar

काठमाडौं, १० माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर दुई हजार ६५४ दशमलव ३५ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से ५२ दशमलव ३६ अङ्कले बढेको थियो । आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा रू. ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् । बिहीबार विकास…

Read More

काठमाडौं, १० माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब साढे दुई गुणा बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत मंसिरसम्ममा वैदेशिक सहायता प्रतिबद्धता ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २५० दशमलव ८९ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा यस्तो प्रतिबद्धता ३८ अर्ब ५५ करोड रुपैयाँ थियो । कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ ३० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३१ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै ऋणतर्फ ६६ अर्ब ५ करोड ९७ लाख अर्थात् ६८ दशमलव ३ प्रतिशत छ । तथ्याङ्क अनुसार कुल सहायता प्रतिबद्धतामध्ये…

Read More

काठमाडौं, ९ माघ । गत सोमबार (७ माघ)मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषद्को बैठकले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१, सहलगानी सम्बन्धी कार्यविधि, २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गरेको छ । त्यस्तै सरकारले एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको…

Read More

काठमाडौं, ९ माघ । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो । फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो, जसमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो…

Read More

काठमाडौं, ९ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज एकैनि प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महाुंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

सुनिता सुवेदी, काठमाडौं, ८ माघ । घरजग्गा व्यवसाय नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनासम्म सुस्ताउँदै गएको घरजग्गा व्यवसाय पछिल्लो तीन महिनायता भने लयमा फर्किएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालू आवको पुसमा देशभर ४८ हजार १५६ वटा घरजग्गा लिखत पारित भएको छ, जुन मंसिरको तुलनामा ११ दशमलव ०१ प्रतिशतले बढी हो । गत मंसिरमा ४३ हजार ३७९ वटा घरजग्गाको कारोबार भएको थियो । पुसमा घरजग्गा कारोबारबाट प्राप्त आम्दानी समेत ९ दशमलव ७४ प्रशितले बढेको छ । मंसिरमा यस क्षेत्रबाट ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ…

Read More

काठमाडौं, ८ माघ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन् । जिल्लाका सबै राजनीतिक दलहरू, सांसद, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् । केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र…

Read More

काठमाडौं, ८ माघ । उच्च अदालत पोखराले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेस गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न आदेश दिएको हो । तल्लो अदालतले कुनै आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने आदेश गरेपछि त्यससम्बन्धी विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भन्ने गरिन्छ । जिल्ला अदालत कास्कीले लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला…

Read More

काठमाडौं, ७ माघ । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको आर्थिक वर्ष ०८०/०८१ को आय–व्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको देखाइएको छ । जसअनुसार एकीकृत समाजवादी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ । पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न…

Read More

काठमाडौं, ७ माघ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ ।

Read More