Author: Bizness Khabar

काठमाडौं, ९ मंसिर । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयीसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएर उनको सम्पती बढेको हो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको फोर्ब्सले उल्लेख गरेको छ । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत…

Read More

काठमडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३.३६ रुपैयाँको कुल १०.००८३ प्रतिशतले हुन आउने ११ करोड १२ लाख ३५ हजार १८५.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ९.५०७९ प्रतिशतले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४२६.६४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशतले हुन आउने ५५ लाख ६१ हजार ७५९.३० रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात्…

Read More

काठमाडौं, ९ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

Read More

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन् । राजधानी काठमाडौँस्थित दरबारमार्गमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै ओलीले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीनको औपचारीक भ्रमणमा जाँदैछन् । उनले भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारे । ‘यत्तिकै चीन यसो घुमेर आउ भनेर जान लागेको होइन । यो भ्रमण उद्धाहरणीय हुने छ । यो कुरा म ढुक्कका साथ तपाईहरुलाई भन्न चाहान्छु’, उनले भने । उनले अहिले कतैबाट पनि सकेसम्म…

Read More

काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा नेपालको वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को कार्तिकसम्मा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको कार्तिकको तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालू आवको कार्तिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । विभागका अनुसार चार महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ, जुन गत आवको…

Read More

काठमाडौं, ७ मंसिर । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले यही मंसिर १६ गतदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने बताएको छ । शेयर निष्कासन गर्नका लागि कम्पनीले कार्तिक २१ गते बुकक्लोज गरेको थियो । अब कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण…

Read More

काठमडौं, ७ मसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु, रेल, सुरुङमार्ग र पानी जहाजको योजना अघिसार्नु गलत नभएको जिकिर गरेका छन् । एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?’ शुक्रबार एमालेले अराजकताविरुद्ध भन्दै काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जागरण सभा नाम दिईएको उक्त सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने एमालेको तयारी…

Read More

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौं, ७ मंसिर । कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले आज सूचना जारी गर्दै आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो । यो सुविधाले कमलादी, कमलपोखरी, पुतलीसडक, दरबारमार्ग ती क्षेत्र आसपासको सवारी साधन पार्किङ सहज हुने विश्वास महानगरको छ ।

Read More

काठमाडौं, ७ मंसिर । सत्तारुढ नेकपा एमालेले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ । एमालेले सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

Read More