Author: Bizness Khabar

काठमाडौं, १ माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा सरकारकोे पुँजीगत खर्च १६ दशमलव १६ प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पुससम्ममा विकास लक्षित पुँजीगत खर्च ५६ अर्ब ९३ करोड रुपैयाँ भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा १५ दशमलव ६३ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा यस्तो खर्च ४९ अर्ब २३ करोड रुपैयाँ भएको थियो । चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो ।

Read More

काठमाडौँ, २९ पुस । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.५४ अङ्कले घटेर दुई हजार ५९४.१३ को बिन्दुमा कायम भएको हो । आज १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा रू. ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ । आज ६३ धितोपत्रको शेयर मूल्य बढ्दा १७५ को घटेको छ । त्यस्तै ५ धितोपत्रको शेयर मूल्य स्थिर रह्यो । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह १.८९, होटल तथा पर्यटन १.३६ र वित्त समूह १.३२…

Read More

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ८ दशमलव ३२ प्रतिशत बढेको हो । गत मंसिरसम्ममा बैंकको खुद नाफा रू. ३० अर्ब ५९ करोड रहेको छ । गत वर्षको यसै अवधिमा रू. २८ अर्ब २४ करोड खुद नाफा आर्जन गरेका थिए । आवको पाँच महिनामा धेरै खुद नाफा गर्ने नबिल बैंक रहेको छ । बैंकले ३ अर्ब ४९ करोड खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको…

Read More

काठमाडौं, २८ पुस । यस साताको कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २५ दशमलव ४१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ९ दशमलव ६७ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन १८.१४ अङ्कले घटेको नेप्से २,६३५ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकम पनि घटेको छ । ८० लाख २१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ७ खर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको…

Read More

काठमाडौं, २८ पुस । मधेश प्रदेशको औद्योगिक क्षेत्रतर्फको कुल कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा २०८०/८१ को सोही अवधिमा औद्योगिक क्षेत्रतर्फ ११ दशमलव २ प्रतिशतले कर्जा प्रवाह बढेको हो । यो वद्धिसँगै यस प्रदेशको औद्योगिक कुल कर्जा प्रवाह रू. १ खर्ब २१ अर्ब ८७ करोड रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यस्तो कर्जा प्रवाह रू १ खर्ब ९ अर्ब ५९ करोड रहेको थियो । समीक्षा अवधिमा यस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६३ दशमलव ४९ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव ४५…

Read More

काठमाडौं, २८ पुस । मधेश प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५१ दशमलव ०३ प्रतिशत रहेको छ । गत वर्ष यस्तो क्षमता उपयोग ६१ दशमलव ५६ प्रतिशत थियो । समीक्षा अवधिमा हल्का पेय पदार्थ उद्योगले सबैभन्दा बढी ९७ दशमलव ७८ प्रतिशत र सबैभन्दा कम वनस्पती घिउ उद्योगको शून्य दशमलव ४० प्रतिशत क्षमता उपयोग रहेको छ । पछिल्लो समय वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिकको विकल्पमा भटमासको तेल र पाल्म तेलको प्रयोग बढ्दै गएकाले उत्पादन घट्दै गएको देखिन्छ । सो अवधिमा प्लाष्टिकजन्य उद्योगको…

Read More

काठमाडौं, २८ पुस । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।…

Read More

काठमाडौं, २८ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुने छ…

Read More

काठमाडौँ, २६ पुस । आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्रको अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको एक निर्देशनमा सो व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख गरेको हो । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको…

Read More

काठमाडौं, २६ पुस । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । प्राधिकरणको गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो । समितिले आज सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वेवसाइटमार्फत १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएकोे हुनुपर्ने सूचनामा उल्लेख छ…

Read More